ह्युमन राइट वाचले भ्रष्टाचारको अनुसन्धानमापनि राजनीतिक हस्तक्षेप – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

ह्युमन राइट वाचले भ्रष्टाचारको अनुसन्धानमापनि राजनीतिक हस्तक्षेप

काठमाडौँ । नेपालमा भ्रष्टाचारको आरोपबारे भएका अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको मानवअधिकारको क्षेत्रमा काम गर्ने ह्युमन राइट वाचले बताएको छ ।

ह्युमन राइट वाचको वल्र्ड रिपोर्ट २०२४ मा नक्कली भुटानी शरणार्थी बनाएर मानिसहरूलाई अमेरिका पठाउने नेता र कर्मचारीलाई पक्राउ गरेर प्रहरीले असाधारण कदम चालेको उल्लेख थरेको छ । तर राजनीतिक दबाबका कारण अनुसन्धान गरिरहेका वरिष्ठ प्रहरी अधिकृतहरूलाई सरुवा गरेको भन्दै भनिएको छ, ‘भ्रष्टाचारको आरोपबारे भएका अनुसन्धानमा राजनीतिक हस्तक्षेप भए ।’

मानवअधिकार उल्लंघनका घटनामा दोष लागेका प्रहरी अधिकारीहरूलाई जबाफदेही नबनाएको उल्लेख छ । हिरासतमा यातना दिएर भएको मृत्यु जस्ता घटनामा छानबिन समिति गठन गर्दै पीडित परिवारलाई क्षतिपूर्ति दिने मात्र काम भएको भन्दै ह्युमन राइट वाचले भनेको छ, ‘अभियुक्तलाई कानुनी दायरामा ल्याइएन ।’

संक्रमणकालीन न्यायसम्बन्धी नयाँ विधेयकका केही पक्ष सकारात्मक भएको उसले बताएको छ । तर सही ढङ्गले संशोधन गरिए यौन हिंसा, कुटपिट तथा अङ्गभङ्ग र अन्तराष्ट्रिय कानुनविरुद्धकका अमानवीय व्यवहारमा माफी हुनसक्ने ह्युमन राइट वाचले बताएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘यस विधेयकले यस्ता अपराधबारे सबुत प्रमाण जुटाउने विशेष अनुसन्धान इकाई स्थापना गर्न असफल छ । साथै यसमा रहेको हदम्यादको प्रावधानले यौन हिंसा भोगेर बाँचेकाहरूको न्यायसम्म पहुँचलाई अत्यन्तै सीमित गरेको छ ।’

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २७, १५: २२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष २७, १५: २२

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष २७, १५: २२

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...