थुलुङ दुधकोशी गाउँपालिकाले पालिकाभित्रका युवाहरूलाई सिजनल भिजामा कोरिया पठाउने – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

थुलुङ दुधकोशी गाउँपालिकाले पालिकाभित्रका युवाहरूलाई सिजनल भिजामा कोरिया पठाउने

काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले पालिकाभित्रका युवाहरूलाई सिजनल भिजामा कोरिया पठाउने भएको छ ।
त्यसका लागि शुक्रबार कोरियाको डोङबाङ डीएस सीस्टम लिमिटेड कम्पनीसँग प्रारम्भिक सम्झौता भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । प्रारम्भिक सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत जीओन्ची राजा र गाउँपालिका अध्यक्ष राईले हस्ताक्षर गरेका छन् ।
५ बुँदे प्रारम्भिक सम्झौतापत्रमा कम्पनीले कामदारहरूको मानवअधिकार सुरक्षा गर्दै कामका लागि अनुकूल अवस्था बनाउने, गाउँपालिकाले कामदारहरूको समय हुने बित्तिकै फर्काउने ग्यारेन्टी गर्ने लगायतका बुँदाहरू समेटिएका छन् ।
सम्झौता आधिकारिक हस्ताक्षर भएको एक वर्षसम्म लागू हुने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

 

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २७, १६: ३४

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष २७, १६: ३४

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० पुष २७, १६: ३४

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...