कोशी प्रदेश सभामुख विवादले राप्रपाभित्र चरम असन्तुष्टि – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

कोशी प्रदेश सभामुख विवादले राप्रपाभित्र चरम असन्तुष्टि

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले अहिलेको अवस्थामा सभामुख लिन हुन्छ कि हुन्न भनेर पार्टीभित्र दुई तर्क आइरहेको बताएका छन् ।
कोशीमा सभामुख लिन अहिले हतार गर्न हुन्न भन्नेमा केन्द्रीय पदाधिकारीको सहमति भएका बेला प्रदेशले निर्णय गरेर सभामुख लिएको पनि उनले बताए ।
‘कोशीमा मात्र सभामुखमा हामी सहभागी भएको होइन। योभन्दा अघि बागमती र लुम्बिनीमा उपसभामुखमा हाम्रो सहभागिता छ, यो नौलो कुरा भएन,’ पृथ्वी जयन्तीका अवसरमा भृकुटीमण्डपमा भएको जलपान समारोहमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले भने, ‘परिवर्तित सन्दर्भमा अहिले कोशीमा सभामुख लिने कि नलिने छलफलकै विषय थियो। हतार गर्न हुन्न भन्ने हाम्रो सहमति थियो। म देश बाहिर भएका बेला कोशीका साथीहरूले निर्णय गरेर सहभागी हुनुभयो।’ यो विषयमा पार्टीभित्र फरक–फरक मत देखिएको उनले बताए।
‘एकथरि साथीहरूले चर्को स्वरमा कोशीमा सभामुखमा सहभागी हुन हुँदैनथ्यो, तुरुन्त फिर्ता हुनुपर्छ भन्ने छ,’ लिङ्देनले भने, ‘अर्कोतर्फ साथीहरूको के तर्क छ भने कोशीमा मात्र होइन अन्यत्र पनि सहभागी छौँ भन्ने छ। कुनै सर्तमा हामी सभामुख लिएको होइन। सांसद हुने सभामुख लिन नहुने भन्ने पनि छ। केन्द्रीय समिति बैठकले यस विषयमा उचित निर्णय गर्छ।’
उनले फागुनदेखि देखिने गरी आन्दोलन गरिने पनि बताए।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २७, १७: ००

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष २७, १७: ००

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष २७, १७: ००

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...