काठमाडाैं । महत्वपूर्ण निर्णय गर्दै नागार्जुन नगरपालिकाकाे आठौं नगर–सभा सम्पन्न भएकाे छ । आज नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा नगर–सभा सम्पन्न भएको हाे ।
अघिल्लो अधिवेशनमा छुटेका र नयाँ थप गर्नुपर्ने विकाससँग सरोकार विभिन्न योजना एवं कार्यक्रम समावेश गरिएका छन् । उठाईएका एजेन्डाहरू सर्वसम्मत पारित गर्दै सभाको समापन भएको थियो ।
सबै राजनैतिक दलका प्रतिनिधि सहभागी सभामा दलगत स्वार्थभन्दा माथि उठेर जनतालाई सेवा पुराउन लाग्नु पर्ने नगर प्रमुख बस्नेतले धारणा राख्नु भयाे ।
सभामा उपस्थित सबैलाई स्वागत गर्दै उप–प्रमुख सुशिला अधिकारीले जनप्रतिनिधि सच्चिएर जनतालाई सेवा पुराउनुपर्ने बताईन् । कार्यक्रमका प्रमुख अतिथि रास्वपा सांसद विराजभक्त श्रेष्ठले व्यानर वाचन गरी उद्घाटन गरे ।
आन्तरिक पर्यटनको महत्वलाई जोड दिँदै नगरपालिकालाई विविध विषयमा ध्यानाकर्षणसहित सुझावहरु दिए । कार्यक्रममा एमालेका पूर्व मन्त्री एवं बागमती प्रदेश सभासद केशव पोखरेल, राप्रपाका पूर्व मन्त्री एवं प्रदेश सभासद उद्धव थापा, प्रदेश सभासदस्यहरु आशा लामा तथा बालकुमारी वि.क.ले आफ्ना भनाइहरु राखेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले नगरपालिकाले सम्पन्न गरेका विकास निर्माणका कार्यको प्रगित विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन वडा नं. ५ का वडाध्यक्ष तथा नगर प्रवक्ता महेश रिमालले गरेका थिए भने सबै वडाध्यक्षहरु, सदस्यहरु, कार्यपालिकाका सदस्यहरु, नगरका कर्मचारीहरु, पत्रकारलगायतकाे सहभागिता रहेको थियो ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...