
काठमाडौं । गत अक्टोवर ७ मा प्यालेस्टाइनी समूह हमासले आक्रमण गरेपछि सुरु भएको इजरायल र हमासबीच युद्ध जारी छ ।
इजरायलले गाजामा लगातार भारी बमबारी गरिरहेको छ । बम विष्फोटमा दैनिक दर्जनौं प्यालेस्टाइनी मारिने गरेका छन् ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार, विगत २४ घण्टामा कम्तीमा ११२ प्यालेस्टाइनीको मृत्यु भएको छ । यस अवधिमा १९४ जना घाइते भएका छन् ।
प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार, दक्षिणी गाजाको रफाह सहरको पूर्वमा रहेको एक आवासीय घरमा इजरायली हवाई आक्रमणमा कम्तीमा नौ प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।
दक्षिणी गाजाको खान युनिसको अल–मनारा छिमेकमा एउटा गाडीमा इजरायली हवाई आक्रमणमा कम्तीमा नौ प्यालेस्टाइनीको मृत्यु भएको जनाइएको छ ।
युद्धमा मारिने प्यालेस्टाइनीको संख्या तीव्र गतिमा बढिरहेको छ । पछिल्लो रिपोर्ट अनुसार इजरायली आक्रमणमा मारिएका प्यालेस्टाइनीको संख्या २३ हजार ४६९ पुगेको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका र महिला रहेका छन् ।
‘सेभ द चिल्ड्रेन’को नयाँ रिपोर्टका अनुसार गाजामा झण्डै १०० दिनको युद्धपछि कम्तिमा १० हजार बालबालिका मारिएका छन् । घाइतेको कुल संख्या ५९ हजार ६०४ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता अशरफ अल९केद्राले कुल घाइतेमध्ये ६,२०० गाजा बाहिर तत्काल उपचारको आवश्यकता रहेको बताएका छन्।
विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०का अनुसार गाजाका ३६ अस्पतालमध्ये १५ वटाले आंशिक रूपमा काम गरिरहेका छन् ।
अस्पतालहरूले विशेष शल्यचिकित्सक, न्यूरोसर्जन र सघन हेरचाह कर्मचारीलगायत स्वास्थ्यकर्मीको अभावका साथै चिकित्सा आपूर्तिको अभाव र खाना र पिउने पानीको तत्काल आवश्यकता रहेको जस्ता चुनौतीहरूको सामना गरिरहेका छन् ।
आधारभूत आपूर्ति र इन्धनको चरम अभावको सामना गर्दै दक्षिणमा आंशिक रूपमा कार्यरत नौ अस्पतालहरू आफ्नो क्षमताको तीन गुणाले सञ्चालन गरिरहेका छन् ।
अकुपेन्सी दर इनपेन्टेन्ट विभागहरूमा २०६ प्रतिशत र सघन हेरचाह इकाईहरूमा २५० प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...