खप्तड राष्ट्रिय निकुञ्ज र नेपाली सेनाद्वारा डोटीको झिग्रानामा सूचना केन्द्र स्थापना – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

खप्तड राष्ट्रिय निकुञ्ज र नेपाली सेनाद्वारा डोटीको झिग्रानामा सूचना केन्द्र स्थापना

डोटी । खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय बाजुरा र नेपाली सेना सिंह शार्दूल गुल्मको संयुक्त प्रयासमा खप्तड राष्ट्रिय निकुञ्जको प्रवेश द्वारा झिग्राना डोटीमा सूचना केन्द्रको स्थापना गरिएको छ ।

खप्तड राष्ट्रिय निकुञ्जको बारेमा विविध विषयमा जानकारी गराउने उद्देश्यले सूचना केन्द्रको स्थापना गरिएको खप्तड राष्ट्रिय निकुञ्ज बाजुराका निमित्त वरिष्ठ संरक्षण अधिकृत सरोज मणि पौडेलले बताए ।

उनका अनुसार सूचना केन्द्रबाट खप्तड राष्ट्रिय निकुञ्जको बारेमा जानकारी, निकुञ्जभित्र निषेध गरिएका क्रियाकलापहरूको बारेमा जानकारी, निकुञ्जलाई प्लास्टिक जन्य बस्तु रहित बनाउनको लागि जनहितमा जारी सूचना, पर्यटन क्षेत्रबारे निमार्ण गरिएका नीति नियम, ऐन कानुनको बारेमा जानकारी गराइने समेत निमित्त वरिष्ठ संरक्षण अधिकृत पौडेलले बताए ।

खप्तड राष्ट्रिय निकुञ्ज बाजुराका निमित्त वरिष्ठ संरक्षण अधिकृत सरोज मणि पौडेलले र नेपाली सेना सिंह शार्दूल गुल्म सेनानी पुरुषोत्तम कार्कीले सूचना केन्द्रको संयुक्त रूपमा उद्घाटन गरेका हुन । सूचना केन्द्र शुक्रवार देखि सञ्चालनमा आएको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २८, १२: ४३

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष २८, १२: ४३

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० पुष २८, १२: ४३

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...