त्रिविका विद्यार्थीहरुले कार्यालय धाइराख्ने अवस्थाको अन्त्यका लागि अनलाइन ‘डेमो’ गरिँदै – Naya Bikalpa
October 26, 2026, Monday      Epaper

त्रिविका विद्यार्थीहरुले कार्यालय धाइराख्ने अवस्थाको अन्त्यका लागि अनलाइन ‘डेमो’ गरिँदै

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीहरूलाई बल्खुस्थित कार्यालयमा धाइरहनु पर्ने अवस्थाको अन्त्य गर्ने प्रयासमा लागेको छ।
कार्यालयले आज ‘अनलाइन प्रणाली’को डेमो गर्दै छ। यसलाई माघको पहिलो सातादेखि व्यवहारमा लागु गर्ने बताइएको छ ।

त्रिवि अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयका कुनैपनि सुविधा विद्यार्थीहरूले अबदेखि घरमै बसेर लिन सक्ने गरी अनलाइन प्रणाली विकास गरिएको छ।

विद्यार्थीलाई स–साना काम लिएर कार्यालयमा धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न’, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अनलाइन प्रणालीको डेमो गर्दै ।

आइतबार डेमो गर्न लागिएको अनलाइन प्रणाली लागू भएपछि विद्यार्थीहरूले सर्टिफिकेट, रि–टोटलिङ गर्न, नाम र ठेगाना सच्याउने लगायत अन्य कुनैपनि सुविधा घरबाटै लिन सकिने, यसका लागि कार्यालयमा धाइरहनु नपर्ने। पैसा बुझाउन बैङ्कमा पनि लाइन बस्नु नपर्ने त्रिविका एक पदाधिकारीले बताए ।

त्रिविका पदाधिकारी अनुसार विद्यार्थीहरूलाई आवश्यक कागजातहरू इमेल मार्फत माग्न सक्छन् । ती कागजात केन्द्रीय तथा क्षत्रिय कार्यालय मार्फत उनीहरूकै ठेगानामा पुग्छ। यसको कार्यालय काठमाडौँको बल्खुबाहेक नेपालगन्ज, अत्तरिया, पोखरा, विराटनगरमा छ। यी कार्यालयहरूबाट पनि परीक्षासँग सम्बन्धित काम भइरहेको छ। मधेस प्रदेशलाई लक्षित गर्दै अर्को कार्यालय थप्ने तयारी भइरहेको पनि जानकारी दिए ।

सम्बन्धित समाचार

आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन
  • २०८० पुष २९, १३: १२

काठमाडौं : लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ । डोल्माको नियुक्तिको विरोधमा सोमबार...

यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान
यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान
  • २०८० पुष २९, १३: १२

काठमाडौं : नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ । विभागका मौसमविद्...

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार हुने
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार हुने
  • २०८० पुष २९, १३: १२

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ ।...