
काठमाडौं । बेलायती परोपकारी संस्था अक्सफ्यामले सन् २०२० यता विश्वका सबैभन्दा धनी पाँच व्यक्तिको सम्पत्ति दोब्बर भएको बताएको छ ।
अक्सफ्यामले सोमबार एक रिपोर्ट सार्वजनिक गर्दै विगत चार वर्षमा पाँच धनाढ्यको सम्पत्ति प्रतिघण्टा एक करोड ४० लाख अमेरिकी डलरले बढेको उल्लेख गरेको छ ।
विश्वका पाँच धनाढ्य बर्नार्ड अर्नाल्ट, जेफ बेजोस, वारेन बफेट, ल्यारी एलिसन र एलोन मस्कको सम्पत्ति हाल ८६९ अर्ब अमेरिकी डलर पुगेको छ ।
सन् २०२० यता यी पाँच व्यक्तिको सम्पत्ति दोब्बर हुँदा पाँच अर्ब मानिस झन् गरिब भएको अक्सफ्यामले ‘असमानता इँक प्रतिवेदन सार्वजनिक गर्दै बताएको हो ।
अक्सफ्यामका अनुसार अर्बपतिहरू सन् २०२० को तुलनामा ३.४ ट्रिलियन अमेरिकी डलरले धनी भएका छन् । संसारका १० ठूला कम्पनीमध्ये सात वटा यीनै धनाढ्यका छन् ।
यहीँ प्रवृत्ति जारी रहेमा एक दशक भित्रै संसारमा पहिलो ‘ट्रिलियनियर’ व्यक्ति हुने र गरिबी उन्मुलन हुन २२९ वर्ष लाग्ने अक्सफ्यामले जनाएको छ ।
अक्सफ्याम इन्टरनेशनलका अन्तरिम कार्यकारी निर्देशक अमिताभ बेहरले कसैसँग पनि एक अर्ब डलर सम्पत्ति हुन नहुने बताएका छन् ।
अक्सफ्यामले विश्व आर्थिक फोरम (डब्ल्यूईएफ) सम्मेलनअघि आफ्नो रिपोर्ट सार्वजनिक गर्दै आएको छ ।
यस वर्षको वर्ल्ड इकोनोमिक फोरमको बैठक स्विट्जरल्याण्डको डाभोसमा आज जनवरी१५ देखि शुक्रबार जनवरी१९ सम्म हुँदैछ ।
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा साबिक विजेता लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि...
गुल्मी : गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको...
काठमाडौं : नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन...