अक्सफ्यामका अनुसार चार वर्षमा पाँच धनाढ्यको सम्पत्ति दोब्बर – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

अक्सफ्यामका अनुसार चार वर्षमा पाँच धनाढ्यको सम्पत्ति दोब्बर

काठमाडौं । बेलायती परोपकारी संस्था अक्सफ्यामले सन् २०२० यता विश्वका सबैभन्दा धनी पाँच व्यक्तिको सम्पत्ति दोब्बर भएको बताएको छ ।
अक्सफ्यामले सोमबार एक रिपोर्ट सार्वजनिक गर्दै विगत चार वर्षमा पाँच धनाढ्यको सम्पत्ति प्रतिघण्टा एक करोड ४० लाख अमेरिकी डलरले बढेको उल्लेख गरेको छ ।
विश्वका पाँच धनाढ्य बर्नार्ड अर्नाल्ट, जेफ बेजोस, वारेन बफेट, ल्यारी एलिसन र एलोन मस्कको सम्पत्ति हाल ८६९ अर्ब अमेरिकी डलर पुगेको छ ।
सन् २०२० यता यी पाँच व्यक्तिको सम्पत्ति दोब्बर हुँदा पाँच अर्ब मानिस झन् गरिब भएको अक्सफ्यामले ‘असमानता इँक प्रतिवेदन सार्वजनिक गर्दै बताएको हो ।

अक्सफ्यामका अनुसार अर्बपतिहरू सन् २०२० को तुलनामा ३.४ ट्रिलियन अमेरिकी डलरले धनी भएका छन् । संसारका १० ठूला कम्पनीमध्ये सात वटा यीनै धनाढ्यका छन् ।
यहीँ प्रवृत्ति जारी रहेमा एक दशक भित्रै संसारमा पहिलो ‘ट्रिलियनियर’ व्यक्ति हुने र गरिबी उन्मुलन हुन २२९ वर्ष लाग्ने अक्सफ्यामले जनाएको छ ।
अक्सफ्याम इन्टरनेशनलका अन्तरिम कार्यकारी निर्देशक अमिताभ बेहरले कसैसँग पनि एक अर्ब डलर सम्पत्ति हुन नहुने बताएका छन् ।
अक्सफ्यामले विश्व आर्थिक फोरम (डब्ल्यूईएफ) सम्मेलनअघि आफ्नो रिपोर्ट सार्वजनिक गर्दै आएको छ ।
यस वर्षको वर्ल्ड इकोनोमिक फोरमको बैठक स्विट्जरल्याण्डको डाभोसमा आज जनवरी१५ देखि शुक्रबार जनवरी१९ सम्म हुँदैछ ।

 

सम्बन्धित समाचार

भारतीय बजारमा नेपाली थकालीको प्रवेश, जिम्बु थकालीको अन्तर्राष्ट्रिय यात्रा सुरु
भारतीय बजारमा नेपाली थकालीको प्रवेश, जिम्बु थकालीको अन्तर्राष्ट्रिय यात्रा सुरु
  • २०८० माघ १, ११: ३८

काठमाडौं : नेपाली थकाली परिकार अब भारतीय बजारमा पनि औपचारिक रूपमा प्रवेश गर्ने भएको छ। काठमाडौंमा स्थापित लोकप्रिय ब्रान्ड जिम्बु...

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
  • २०८० माघ १, ११: ३८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक,...

मानसिक स्वास्थ्यलाई शिक्षा नीतिको प्राथमिकतामा राख्न मन्त्री पोखरेलको पहल
मानसिक स्वास्थ्यलाई शिक्षा नीतिको प्राथमिकतामा राख्न मन्त्री पोखरेलको पहल
  • २०८० माघ १, ११: ३८

काठमाडौं ।  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण नीतिगत प्राथमिकताका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै...