थप ३ मा कोरोना संक्रमण – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

थप ३ मा कोरोना संक्रमण

काठमाडौं- वीरगञ्जमा तीन जना भारतीय नागरिकलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको पुष्टि गरेका हुन् ।

प्रवक्ता डा. देवकोटाका अनुसार उनीहरु केही दिनअघि भारतबाट नेपाल आएका थिए । उनीहरु वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका थिए । कोरोनाको आशंकामा उनीहरु सहित २४ जनाको नमुना परीक्षण गरिएको थियो जस मध्ये ३ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

उनीहरुको नमूना परीक्षणका लागि सुरुमा हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा रहेको प्रयोगशालामा पठाइएको थियो । उक्त प्रयोगशालामा रिपोर्ट पोजेटिभ देखिएपछि थप स्पष्टका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । जनस्वास्थ्य प्रयोगशालामा पनि उनीहरुको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यो संख्या संगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । जसमध्ये एक जना निको भइसकेका छन् ।

सम्बन्धित समाचार

भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
  • २०७६ चैत्र ३०, १०: ११

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७६ चैत्र ३०, १०: ११

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७६ चैत्र ३०, १०: ११

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...