पर्यटक बढाउन ६० वटा पुरानो गाउँको खोजिमा छाैँ : पर्यटन मन्त्री – Naya Bikalpa
October 26, 2026, Monday      Epaper

पर्यटक बढाउन ६० वटा पुरानो गाउँको खोजिमा छाैँ : पर्यटन मन्त्री

काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ६० वटा पुरानो गाउँको खोजिमा रहेको बताएका छन् ।

मन्त्री भएको एक वर्ष पुगेको अवसरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री किरातीले पर्यटन क्षेत्रको विकास गर्न पुरानो गाउँको खोजिमा रहेको बताएका हुन्।

उनले भने,‘पर्यटन क्षेत्रको विकास नभइ मुलुको विकास हुँदैन। त्यसैले पुराना सम्पदा र गाउँको खोजिमा छौं ।’ मन्त्री किराँतीले देशमा पर्यटकको संख्या बढाउन पुरानो गाउँको खोजिमा रहेको बताए ।

उनले मन्त्री बनेको एक वर्षको अवधिमा १०१ काम गरेको दावी गरे । पहिलो तीन महिनामा पशुपतिनाथ मन्दिर परिसर र सम्पदाहरुको विशेष सरसफाइमा विशेष जोड दिएको बताए । ९ महिनाभित्रमा मध्यम खालको काम गरेको र त्यसको परिणाम आउन बाँकी रहेको उनको भनाइ छ ।

मन्त्री किराँतीले दुर्गम क्षेत्रमा उडान भर्ने साना तीनवटा जहाज खरिद प्रक्रिया अगाडि बढाइसकेको र वि।स। २०१२ बाट ग्राउन्डेड भएको ट्वीनेटर जहाज एक महिनामा मर्मत गरी पुनस् उडानमा ल्याउने तयारी भइरहेको बताए ।

उनले २३ वटा विमानस्थललाई पूर्णक्षमता सञ्चलनमा ल्याउनेगरी काम भइरहेको र चिनियाँ जहाजलाई निकास दिनेगरी टेन्डर प्रक्रिया अगाडि बढाइसकेको बताए । पर्यटक बढाउन लिजमा जहाज ल्याउने प्रक्रिया पनि अगाडि बढिसकेको उनको भनाए छ ।

सम्बन्धित समाचार

यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान
यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान
  • २०८० माघ ३, १४: ११

काठमाडौं : नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ । विभागका मौसमविद्...

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार हुने
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार हुने
  • २०८० माघ ३, १४: ११

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ ।...

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु
  • २०८० माघ ३, १४: ११

रसुवा : नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया...