लम्बियो लकडाउन, संक्रमितको संख्या १६ पुग्यो – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

लम्बियो लकडाउन, संक्रमितको संख्या १६ पुग्यो

कोरोन भाइरस फैलिन नदिन घोषणा गरेको लकडाउन बैशाख १५ गतेसम्म बढाउने निर्णय सरकारले गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो। सरकारले चैत्र ११ गते देखि पटक पटक गरेर लकडाउन बढाएको थियो भने पछिल्लो पटक बढाएको लकडाउन भोलि सक्किदै थियो ।


त्यसैगरी बैठकले बैशाख १८ गतेसम्म सम्पूर्ण हवाई उडान स्थगित गर्ने पनि निर्णय गरेको छ भने सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले सीमा क्षेत्रमा थप सुरक्षा तैनाथीसहित कडाई गर्ने निर्णय समेत गरेको जानकारी दिए । अहिलेको अवस्थामा भारतबाट कोरोनाको जोखिम भएको भन्दै भारतमा महामारी अन्त्य भएर सामान्य अवस्थामा नफर्केसम्म सीमा नाका बन्द राख्ने र सुरक्षा तैनाथी बढाउने निर्णय भएको मन्त्रि खतिवडाले बताए ।


मंगलबार काठमाडौं पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका दुई जनामा कोरोना संक्रमण पुष्टि भए संगै नेपालमा हालसम्म १६ जनामा कोरोना भाइरस संक्रमण देखिए

सम्बन्धित समाचार

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ बैशाख २, १६: ४४

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...

असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला
असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला
  • २०७७ बैशाख २, १६: ४४

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ । मन्त्रालयमा बुधबार...

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
  • २०७७ बैशाख २, १६: ४४

काठमाडौं : सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही असोज २ गतेको निर्णयअनुसार काठमाडौं महानगरपालिका–१४...