काठमाडौं । कोरोना भाइरसबाट संक्रमित भइ विगत २७ दिनदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार गराई रहेकी प्रसिद्धी श्रेष्ठ शनिबार डिष्चार्ज भएकी छन् ।
शनिबार समेत उनीमाथि गरिएको परिक्षणमा कोभिड १९ नेगेटिभ आएपछि शनिबार डिष्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

फ्रान्सको पेरिसबाट दोहा हँुँदै कतार एयरलाइन्सबाट काठमाडौं आएकी प्रसिद्धी श्रेष्ठको स्वास्थ्य परिक्षण गर्दा पोजेटिभ आएपछि चैत १० गते अस्पताल भर्ना गरिएको थियो । अस्पतालबाट डिष्चार्ज हुनु अघि उनले कोरोना संक्रमितको लागि दह्रो आत्मबल बनाएमा कोरोनाबाट बच्न सकिने भन्दै आवश्यकता परेमा कोरोना संक्रमितलाई आफ्नो व्लड दिन समेत तयार भएको बताएकी छन् । उनले उपचारमा संलग्न सबै चिकित्सकलाई समेत धन्यवाद दिएकी छन् ।
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...