समाजबादी पार्टीबाट आठ सांसदको अलग हुने निर्णय – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

समाजबादी पार्टीबाट आठ सांसदको अलग हुने निर्णय

काठमाडौं । उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवको नेतृत्वमा आठ जना सांसद अलग हुने भएका छन् । उपाध्यक्ष रेणु यादव अध्यक्ष उपेन्द्र यादवसँग पहिलेदेखि नै असन्तुष्ट थिइन् । यसरी अलग पार्टी गठनको निष्कर्षमा पुग्नेहरुमा पूर्व शहरी विकास मन्त्री इस्तियाक राई, विमलकुमार श्रीवास्तव, प्रदीप यादव, उमाशंकर अडगरिया, रेणुका गुरुङ, कलुदेवी विश्वकर्मा र डा.सुरेन्द्र यादव छन् ।


सुरेन्द्र यादवलाई प्रहरीले बुधबार राति नै नियन्त्रणमा लिएर काठमाडौं ल्याएको थियो । रोही नाज नामकी सांसद कहिले रेणु तिर त कहिले उपेन्द्र यादव तिर लाग्दै आएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राति राजनीतिक दलसम्वन्धी अध्यादेश ल्याएका थिए । सो अध्यादेश पार्टीको सचिवाल बैठकमा समेत छलफल नगरी ल्याएको भन्दै सर्बत्र बिरोध र आलोचना भएको थियो । प्रधानमन्त्री ओलीले नेकपालाई विभाजित गर्ने उदेश्यले अध्यादेश ल्याउन खोजेको भन्दै पार्टी भित्रैबाट आलोचना भइरहँदा ओलीले नेकपालाई लक्षित गरी अध्यादेश नल्याएको बताएका थिए ।


यता समाजवादी र राजपाले पार्टी एकताको घोषणा गरेपनि त्यसको औपचारिक निर्णय निर्वाचन आयोगमा दर्ता गर्नु अघि नै समाजबादी पार्टी नेपालको संसदीय दल विभाजनको जानकारी सभामुख अग्नीप्रसाद सापकोटाले औपचारिक रुपमा लिएका छन् ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ बैशाख ११, ०५: २४

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ बैशाख ११, ०५: २४

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ बैशाख ११, ०५: २४

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...