सत्ता बचाउन प्रधानमन्त्रि ओलीले गुहारे चिनियाँ राजदूत – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

सत्ता बचाउन प्रधानमन्त्रि ओलीले गुहारे चिनियाँ राजदूत

काठमाडौ । पार्टीलाई बाईपास गरी दुई अध्यादेश ल्याएको र संघीय समाजवादी पार्टीका सांसद तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको अपहरणका आरोपिलाई जोगाउन भूमिका खेलेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध मोर्चावन्दी भैरहेको बेलामो छिमेकी देश चीनकी राजदूत हउ याङ्छीको दौडधुप एक्कासी बढ्न थालेको छ ।

मुलुक कोरोना भाइरसको संक्रमणका कारण लकडाउन झेलिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक हस्तक्षेप र अराजनीतिक क्रियाकलापका कारण बढेको राजनीतिक सरगर्मीका बाबजुद नेपालका लागि चिनियाँ राजदूत हउ याङ्छीले राजनीकि भेटघाटलाई तिव्रता दिएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग विहिबार साँझ वालुवाटारमा भेट गरेकी राजदूत याङ्छीले शुक्रबार सत्तारुढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग उनीहरुकै निवास गएर भेटघाट गरेकी हुन् ।

चिनियाँ राजदूतको यो दौडधुपलाई नेकपा भित्रको विवाद समाधान गर्ने र प्रधानमन्त्रीबाट ओलीलाई हटाउने सबै दबाब मत्थर गर्ने अभियानको रुपमा हेरिएको छ । सँधै दक्षिण छिमेकी देश भारतको दबाबमा नेपालको राजनीति र सरकार चल्ने गरेको आरोप लगाइरहँदा चिनियाँ राजदूतको यो भेटलाई अर्थपूर्ण र रहस्यमय क्रियाकलापको रुपमा हेरिएको छ ।
त्यस्तै, भारतीय राजदूतले प्रधानमन्त्रीलाई कुनै औपचारिक कार्यक्रममा भेट गरे वा वार्ता भएमा भारतीय हस्तक्षेप भनेर आलोचना र टिप्पणी गर्ने नागरिक समाजका अगुवा र केही सञ्चार माध्यमले समेत मौनता साँध्नुलाई रहस्यमय रुपमा हेरिएको छ ।

आफू सरकारको काम काजमा व्यस्त भएको र स्वास्थ्यको कारण आराम पनि गर्नु पर्ने प्रधानमन्त्री केपी शर्मा ओलील,े राजनीतिक संक्रमण र धु्रबीकरण चुलिएको बेला उत्तरी मुलुक चीनको राजदूतसँग भेट गरी लामो कुराकानी गर्नुलाई चिनियाँ दबाबको रुपमा लिइएको छ । पछिल्लो समयमा नेपालको राजनीतिक गतिविधिलाई समेत चिनियाँ पक्षले चासो र चिन्ताको रुपमा हेर्न थालेको देखिन्छ ।

प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा सचिवालय बैठकमा बहुसँख्यक सदस्यले पदबाट राजिनामा दिन माग गरेपछि अत्तालिएका प्रधानमन्त्री ओलीले चाइनिज कार्ड अघि सारेको कुटनीतिक क्षेत्रका विज्ञहरुले अनुमान गरेका छन् । बुधबार बसेको सचिवालय बैठकमा आफूलाई दुवै पद त्याग गर्न दबाब महसुस गरेका ओलीले कोरोना भाइरसको संक्रमण हटेपछि आफूले वामदेव गौतमलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने आश्वासन दिएका थिए । तर ओलीको आश्वासनबाट विश्वस्त नभएका सचिवालयका वाँकी ८ जना सदस्यहरुले स्थायी समिति बैठकबाट समस्याको निकास खोज्न दबाब दिएका थिए ।

तर, आफूलाई कुनै दबाब आएमा टार्न अनेक हत्कण्डा अपनाउन माहिर खेलाडीका रुपमा चिनिएका प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण र देशले भोग्नु परेको सकसलाई सत्तामा बसिरहने सिँढी बनाउने प्रयास गरेका छन् । त्यतिले मात्र नपुगेर उनले शनिबारसम्मका लागि स्थायी समितिको बैठक बोलाएका थिए ।
स्थायी समिति बैठकमार्फत आफूलाई कुनै पनि हालतमा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता तथा प्रभावशाली नेता माधवकुमार नेपाल लागेपछि ओलीले चिनियाँ राजदूतको सहायता आव्हान गरेको कुटनीतिक क्षेत्रका जानकारहरु बताउँछन् ।

ओलीलाई भेटेको भोलिपल्ट नै चिनियाँ राजदूतले दाहाललाई उनको निवास खुमलटारमा गएर भेटेकी थिइन् भने नेता नेपाललाई उनको निवास कोटेश्वरमा भेटेकी थिइन् । राजदूतले दुवै नेतासँग कस्तो प्रस्ताव राखिन भन्ने विषयमा केही नखुलाईए पनि उनले घुमाउरो शैलीमा पार्टी भित्रको विवाद संवादद्धारा समाधान गरी सहमति र एकताको बाटो लिन आग्रह गरेकी छन् ।
उनको दौडधुप र सक्रियतालाई हेर्दा ओली नेतृत्वको नेकपा र सरकारको निरन्तरताको चाहना स्पस्ट हुन्छ ।
कुटनीतिक मर्यादा विपरित प्रधानमन्त्री र सत्तारुढ दलका शीर्ष नेतालाई भेटेर चिनियाँ राजदूतले प्रत्यक्ष हस्तक्षेपको अभ्यास शुरुआत गरेको धेरैले अडकल गरेका छन् ।

सत्ताबाट आफ्नो वहिर्गमन नचाहेका ओलीले आफ्ना विरुद्ध लागेका नेतालाई तर्साउन र ठेगान लगाउने उदेश्यले न्यायपालिका प्रमुख अर्थात सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शशेर जबरालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर भेटेका थिए भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनप्रसाद घिमिरेलाई पनि बोलाएर छलफल गरेका छन् ।
प्रधानन्यायाधिशले प्रधानमन्त्रीसँग बिना एजेण्डा र उदेश्य नै प्रधानमन्त्रीको निवासमा गएर अफिस आवर पछि भेट गरिएको सम्भवत यो पहिलो हो । त्यस्तै, अख्तियारका प्रमुखले एक्लै बिना एजेण्डा प्रधानमन्त्रीले बोलाउन साथ बालुवटार पुगेको पनि घटना पहिलो पटक हो ।

यसरी न्यायपालिकाको प्रमुख र अख्तियारको प्रमुखलाई सरकार र आफ्नो पक्षमा काम गर्न दबाब दिने उदेश्यले प्रधानमन्त्रीले आफ्नै निवासमा बोलाएर छलफल गरेको स्रोतको भनाई छ । आफ्ना बिरुद्ध लागेका नेताहरु दाहाललाई माओवादी सेनाका लडाकुको शिविर व्यवस्थापनमा भएको भ्रष्टाचार सम्वन्धि उजुरी अख्तियारमा मुल्तवीमा राखिएकोले त्यसलाई देखाएर तर्साउने गरिएको छ भने अर्का नेता नेपाललाई बालुवाटार जग्गा घोटाला प्रकरणमा जोगाइएको भन्दै तर्साउने गरिएको छ । राज्य सत्ता र अंगको दबाबबाट मात्र आफ्नो पद जोगाउने स्थिति नदेखेपछि ओलीले उत्तरी छिमेकी देश चीनकी राजदूत गुहारेको ओली निकट नेताहरुले अनुमान लगाएका छन् ।

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७७ बैशाख २०, १७: ३६

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७७ बैशाख २०, १७: ३६

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ बैशाख २०, १७: ३६

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...