सरकारले फेरी लकडाउन लम्ब्याएको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले जेठ ५ गते सम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो। साथै, अन्तराष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको रोकलाई जेठ १८ गतेसम्म लम्ब्याउने पनि निर्णय गरेको छ।
गत चैत्र ११ गते बाट सुरु भएको लकडाउन आज ४४ दिन बितिसक्दा सरकारले थप ११ दिन लकडाउन लम्ब्याएको छ। छिमेकी देश भारतमा कोरोनाको संक्रमण कायममै रहेकोले त्यसको असर नेपालमा नि हुने देखिएकोले लकडाउन यथावत रुपमै बढाउने निर्णय सरकारले गरेको हो। लामो समयसम्म लकडाउन हुँदा अर्थतन्त्रमा असर पर्ने भएकोले खुकुलो गर्नु पर्ने आवाज उठीराखेको बेलामा नेपाल अझै कोरोनको जोखिमबाट मुक्त नभएकोले लकडाउन लम्ब्याउनु परेको सरकारको भनाई छ।
नेपालमा अहिले सम्म कोरोना संक्रमित हुनेको संख्या ९९ पुगेको छ भने २२ जना निको भैसकेका छन्। आज मात्
बीरगंजमा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ जसमध्य एक जना दुई महिने शिशु रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...
काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...