कोरोना संक्रमितको संख्या २ सय ५० पुग्यो: एकै परिवारका ९ जनामा संक्रमण – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

कोरोना संक्रमितको संख्या २ सय ५० पुग्यो: एकै परिवारका ९ जनामा संक्रमण

काठमाडौं । कोभिड १९ पुष्टी भएकाहरुको संख्या दुई सय ५० पुगेको छ । आज थप ५ जनामा कोरोना संक्रमण देखिए संगै अब नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार सर्लाही निवासी ४५, महोत्तरी निवासी १६, ३५, वर्षीय पुरुष र जनकपुर निवासी ४० बर्षीय पुरुष र २० बर्षीय महिला आज थपिएका हुन्। बुधबार कोरोना भाइरसका २४ नयाँ संक्रमित पुष्टी भएको हो । मंगलबार ८३ जना कोभिड १९ संक्रमण भएका थपिएका थिए ।


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौंको प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणअनुसार बुधबार मात्रै २४ जना नयाँ संक्रमित फेला परेका हुन् । रुपन्देही जिल्ला निवासी २२, २२, २५, २८, ३०, ३२, ३३ र ३४ वर्षीय पुरुषहरु र ४, १० र २८ वर्षीय महिलामा कोरोना भाइरसवको संक्रमण देखिएको छ । त्यस्तै, कपिलबस्तु जिल्ला निवासी २२, २९, ३२, ४०, ४०, ४२ र ४२ वर्षीय पुरुषहरु, पर्सा जिल्ला निवासी ३६ र ७४ बर्षीय पुरुषहरु र ३६ बर्षीय महिला र नवलपरासी निवासी ३६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टी भएको हो ।

मंगलबार मात्र ८३ जना नयाँमा कोरोना संक्रमण देखिएको पुष्टी भएको थियो । संक्रमितहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा आइसकेको र उनीहरुको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता डा। समिर कुमार अधिकारीले जनाए ।


पर्षामा बुधवार २ जना कोरोना संक्रमित थपिएसँगै यहाँ कोरोना संक्रमितको सख्या बढेर ८४ पुगेको छ । रुपन्देहीमा देखिएका ११ जना कोरोना संक्रमितमध्ये ९ जना एकै परिवारका रहेका छन् । मुम्वइबाट एक साताअघि नेपाल फर्किएका एक युवकबाट संक्रमण सरेको जनाइएको छ । उनीहरु रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकाको भएको पुष्टी भएको छ ।

कपिलबस्तुमा भेटिएका ७ जना कोरोना संक्रमितहरु मध्ये तीन जना सुरक्षाकर्मी भएको पुष्टी भएको छ । स्रोतका अनुसार उनीहरु नेपाल भारतको कपिलबस्तुस्थित कृष्णनगर भन्सार नाकामा तैनाथ थिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीका नायव निरिक्षक र राष्ट्रिय अनुसन्धान विभागका सहायक निरिक्षकमा कोरोना संक्रमणको पुष्टी भएको जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले जनाएको छ ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादन समिति बैठक : उद्धारमा ढिलाइ भएको भन्दै बाढी क्षेत्रका जनप्रतिनिधिहरूको आक्रोश
कांग्रेस कार्यसम्पादन समिति बैठक : उद्धारमा ढिलाइ भएको भन्दै बाढी क्षेत्रका जनप्रतिनिधिहरूको आक्रोश
  • २०७७ जेष्ठ १, १५: १०

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । बैठकको प्रारम्भमै देशका...

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
  • २०७७ जेष्ठ १, १५: १०

काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
  • २०७७ जेष्ठ १, १५: १०

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...