लक डाउनको ५० औं दिन, कांग्रेसको समिक्षा: ‘जनता कोरोनाको सन्त्रासमा, प्रधानमन्त्री सत्ताको खेलमा’ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

लक डाउनको ५० औं दिन, कांग्रेसको समिक्षा: ‘जनता कोरोनाको सन्त्रासमा, प्रधानमन्त्री सत्ताको खेलमा’

काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरसको सक्रमणबाट सिंगो मुलुक र जनता सन्त्रासमा रहँदा प्रधानमन्त्री केपी शर्मा ओली भने सत्ताको खेलमा लागेको आरोप लगाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलनमार्फत लक डाउनको ५० औं दिनको समिक्षा गर्दै सरकारको काम लक डाउनको अवधिमा अधुरो र विवादास्पद रहेको जनाएका हुन् । उनले यस अवधिका दर्जनौं बेथितिका मुद्दाहरु प्रस्तुत गर्दै सरकारको अदूरदर्शिता र रणनीति शून्यताको परिणाममा देशले लक डाउनको पीडा झेल्नु परेको दाबी गरे ।

‘सर्वोच्च अदालतले दिएको आदेश सरकारले पालना गरेन बरु कोरोना फ्री जोनको रोमान्स सुनाउन तर्फ लाग्यो । औचित्यहिन अध्यादेशदेखि सांसद अपहरणको मुद्दामा प्रधानमन्त्रीको नाम जोडिनुले सरकारको बेथिति र असफलता झल्किन्छ” पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने ।
कोरोनासंग सिंगो देश एक भएर जुधिरहेका बेला भएको सत्ताको खेलमा प्रधानमन्त्री लागेकाले शासन गर्ने नैतिक र राजनैतिक आधार सरकारको समाप्त भएको शार्माले दाबी गरे ।

उनले एक प्रतिष्ठित चीनिया संचार माध्यमले ‘सगरमाथा चीनको’ भन्ने प्रचार बाहिर ल्याउंदा सरकारले असहमतिपूर्वक चीन सरकारको ध्यानाकर्षण गराउन नसकेको टिप्पणी गरे । स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारले एकातर्फ ‘कात्रोमा पनि भ्रष्टाचार’ भन्ने प्रश्न उठाएको र विश्व स्वास्थ संगठनले प्रमाणित नगरेको गुणस्तरहिन परिक्षण कीट लगायतका सामग्रीको आयात अत्यन्तै गम्भीर र आपत्तिजनक कार्य भएको कांग्रेसको ठहर छ । सरकारको विपद ब्यवस्थापन कोषमा पहिलै डेढ अर्ब बढी रकम मौज्दात रहेको र कोरोनाको कोषमा करिब ३ अर्ब रुपैयाँ रहँदा समेत यो अवधिमा जम्मा भएको रकम केन्द्र सरकारले लक डाउन भएको ५० दिन पुग्दासम्म खर्च पनि नगरेको र स्थानीय तहलाई समेत रकम नपठाएकोमा प्रवक्ता शर्माले आपत्ति जनाए ।

यो अवधिमा प्रतिपक्षको जिम्मेवार भूमिका रहेको दाबी गर्दै शर्माले कोरोना संकटको घडीमा सबै राजनैतिक मुद्दा तत्कालका लागि थाती राखेर प्रतिपक्ष सम्पूर्ण रुपले सरकारको साथमा उभिएको प्रवक्ता शर्माले जनाए । उनले प्रमुख प्रतिपक्षले सरकारलाई पूर्ण सहयोग गरेपनि यस अवधिमा दुई विवादास्पद अध्यादेश ल्याएर स्वयं सरकारले राजनैतिक द्वन्द्व सृजना गरेको दाबी गरे । लक डाउनको अवधिमा भएका काम कारबाहीको समिक्षा गर्दै ५० बुँदामा कांग्रेसको दृष्टिकोण प्रस्तुत गरेका प्रवक्ता शर्माले माघ १० गते पहिलो संक्रमित भेटिएको लगत्तै सरकारले प्रभावकारी कदम चालेको भएमा देश आज लक डाउनमा नभएर खुला अवस्थामा हुने दाबी गरेका छन् ।

शर्माले प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले संसदमा संकल्प प्रस्ताव र प्रत्यक्ष संवाद मार्फत सरकारलाई घच्घच्याए पनि सरकारको अदूरदर्शिता र रणनीति शून्यताको परिणाममा देशले लक डाउनको पीडा झेल्नु परेको आरोप लगाए । सर्वोच्च अदालतले दिएको आदेश सरकारले समयमै पालना गरेको भए । सायद देश यतिबेला लक डाउनको पीडामा नहुने शर्माको दाबी थियो । स्वास्थ सामग्रीदेखि राहतको सामग्री अभाव र औचित्यहिन अध्यादेशदेखि सांसद अपहरणको मुद्दा सम्ममा प्रधानमन्त्रीको नाम जोडिएको भन्दै काँग्रेस शासन गर्ने नैतिक र राजनैतिक आधार यो सरकारको समाप्त गरेको दाबी गरेका छन् । शर्माले सिमानामा आइपुगेका नागरिकलाई नियन्त्रणका साथ प्रवेश दिएर क्वारेन्टाइनमा कडाइसाथ राखेर परिक्षण पश्चात् मात्रै घर जान दिएको भए लुकिछिपी प्रवेशले गरेको संक्रमणको विस्तारलाई रोक्न सकिने दाबी गरे ।

कांग्रेसको क्वारेन्टाइन मापदण्ड अनुरुप नभएको र अमानवीय ब्यवहार भएको ठहर छ । राष्ट्रियताको प्रश्नमा राष्ट्रवादको अडान वक्तव्यमा मात्र देखिएको तर परिणाममुखी नभएको शर्माको दाबी छ । उनले कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने, लिपुलेकदेखि लिम्पियाधुरासम्मको
भू–भागसहितको नेपालको नक्सा सरकारले सार्वजनिक गर्न नसकेको र विश्व स्वास्थ्य संगठनले प्रमाणित नगरेको गुणस्तरहिन परिक्षण कीट लगायतका सामग्रीको आयात अत्यन्तै गम्भीर र आपत्तिजनक कार्य भएको जनाएका छन् । सरकारले ‘कि खान देउ कि गाउँ जान देउ’ भन्ने नागरिकको अपीललाई गहिरो मानवीय भावना साथ आत्मसात नगरेको भन्दै शर्माले लक डाउनको अवधिमा बालबच्चा, वृद्ध र सुत्केरी महिला सडकमा हिंडेको वास्तवमै कारुणिक दृष्यलाई सरकारले नदेखेर भोकले कोहि मर्दैन भन्ने भाषणमा सरकार सिमित भएको बताए ।
लकडाउनको अवधिमा सरकारले विद्यार्थी, बिरामी, व्यवसायी र विदेशमा रहेका नेपालीको उद्धार, राहत र सेवामा बेवास्था गर्दै अमानवियता व्यवहार देखाएको कांग्रेसले निष्कर्ष निकालेको छ ।

मिडिया र सामाजिक संजालले अस्थिरताको पक्ष लिएको आरोप लगाएर प्रधानमन्त्रीले असहिष्णुता प्रस्तुत गर्दै तथ्यहिन आरोप लगाएको शर्माको दाबी छ । एक सांसदको अपहरण मुद्दासम्म दर्ता गर्न प्रहरी कार्यालयले सरकारको दबाबमा अस्वीकार गरेर कानूनी राज्यको मान्यता विपरीत कदम चालेको र कृषकको पीडामा मल्हम लागाउन नसकेको कांग्रेसको दाबी छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७७ बैशाख ३१, १६: ५२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७७ बैशाख ३१, १६: ५२

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७७ बैशाख ३१, १६: ५२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...