शिक्षण अस्पताल महाराजगंजका ३८ चिकित्सक र नर्स क्वारेन्टाईनमा – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

शिक्षण अस्पताल महाराजगंजका ३८ चिकित्सक र नर्स क्वारेन्टाईनमा

काठमाडौं । शिक्षण अस्पताल महाराजगंजमा कार्यरत ३८ चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ ।

अस्पतालको नाक कान घाँटी (इएनटी) विभागमा उपचाररत काठमाडौंको दहचोककी ६ वर्षीया बालिकामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएपछि सो विभागको बालिकाको उपचारमा संलग्न चिकित्सक, नर्सलगायत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको अस्पतालले जनाएको छ ।

इएनटीको न्यूरो वार्डमा रहेका ५ जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको अस्पतालले जनाएको छ । उपचारमा संलग्न चिकित्सक, नर्स र दहचोकबाट काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको अस्पतालले जनाएको छ ।

बिहीबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ वर्षीया बालिकासहित काठमाडौंको चन्द्रगिरी नगरपालिकाका ३२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको जानकारी दिएको थियो ।

भरतपुर अस्पताल कोभिड प्रयोगशाला भरतपुरमा गरिएको परिक्षण अनुसार नवलपरासी (वर्दघाट सूस्ता पूर्व) जिल्लाको देबचुली नगरपालिका १२ निवासी ४९ वर्षका पुरुषमा पनि कोरोनाको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । विहीबार नै जनकपुरकी १७ वर्षीय किशोरी र धादिङकी ३० वर्षीय महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

काठमाडौंमा दहचोकका वालकसँगै मंगलबार मातातीर्थकी एक महिलामा कोरोना संक्रमण पुष्टी भएसँगै काठमाडौं जिल्लामा संक्रमितको सख्या तीन पुगेको छ । यो सँगै संक्रमितको सख्या दुई सय ४९ पुगेको छ । यसअघि मन्त्रालयले संक्रमितको सख्या दुई सय ४५ नै रहेको जनाएको थियो ।

मन्त्रालयले बुधबार राति जारी गरेको विज्ञप्तीमा कोरोना संक्रमितको सख्या २ सय ५० पुगेको जनाएको थियो । पछिल्लो अद्यावधिक विवरणअनुसार संक्रमितको सख्या २ सय ५० भएकोमा प्राविधिक कारणले पहिले नै पुष्टी भएका ५ जनाको विवरण पुनः रिपोर्टिङ भएकोले सच्याइएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका थिए ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ जेष्ठ १, २३: १६

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ जेष्ठ १, २३: १६

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ जेष्ठ १, २३: १६

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...