कोरोना संक्रमित २ सय ५८ पुगे – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

कोरोना संक्रमित २ सय ५८ पुगे

काठमाडौ । कोभिड १९ पोजेटिभ हुनेको सख्या नेपालमा २ सय ५८ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पतालमा परिक्षणको क्रममा थप ९ जनामा कोरोना भाइरस संक्रमित देखिएको हो ।
मकवानपुरका ३५ वर्षे पुरुष, मकवानपुर नैरनापुर १,२,३ निवासी १८, २०, २२, २५, २५,२७, ३२ र ३६ वर्षे पुरुषमा कोरोना भाइरसकको संक्रमण देखिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जनाएका छन् ।
सरकारले लक डाउनको झण्डै दुई महिना हुन लाग्दा हालसम्म ८७ हजारको मात्र कोभिड १९ को परिक्षण भएको छ । आरडीटी प्रविधिबाट ६३ हजार ८५ जनाको र पीसीआर प्रविधिबाट २२ हजार ९ सय १४ जनाको परिक्षण गरिएको छ ।
हलसम्म क्वारेन्टाइनमा १५ हजार, ६ सय ८३लाई राखिएको छ भने आइसोलेसनमा २ सय ६७ लाई राखिएको छ ।
कोरोना संक्रमित भइ हाल आइसोलेसनमा बसेका उदयपुरका ३५ वर्षे पुरुषलाई शुक्रबार डिष्चार्ज गरिएको छ । उनीसँगै कोरोना संक्रमणबाट निको भएर डिष्चार्ज हुनेको सख्या ३६ पुगेको छ ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
  • २०७७ जेष्ठ २, १७: ४०

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...

रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
  • २०७७ जेष्ठ २, १७: ४०

काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
  • २०७७ जेष्ठ २, १७: ४०

काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...