काठमाडौ । राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानका १९ व्यक्तिलाई शुक्रबार एकै दिन कोरोना संक्रमण देखिएको छ ।
हालसम्म कोरोना संक्रमितको सख्या दुई सय ६७ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणबाट १८ जनामा संक्रमण भएको पुष्टी भएको हो ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शुक्रबार साँझ सवा आठ बजे जारी गरेको विज्ञप्तीमा थप नौ जनामा संक्रमण देखिएको बताएका हुन । यसअघि शुक्रबार नै विहान ९ जनामा संक्रमण भएको जनाइएको थियो ।
बीरगंजका ९ र ८ वर्षे वालक तथा २३ र ४७ वर्षे महिला, उदयपुरको त्रियुगा नगरपालिकाका २५ वर्षे पुरुष, दाङ जिल्लाको गढवा नगरपालिका ४ र ५ का २३ र ३६ वर्षे पुरुष, तुलसीपुर उपमहानगरपालिका ७ का ३४ बर्षे पुरुष र काठमाडौंको सतूंगलका ७ वर्षे वालकमा कोराना संक्रमणको पुष्टी भएको हो ।
यसअघि मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले विहान सवा ८ बजे मकवानपुरका ३५ वर्षे पुरुष, वाँकेको नैरनापुर १,२,३ निवासी १८, २०, २२, २५, २५,२७, ३२ र ३६ वर्षे पुरुषमा कोरोना संक्रमण देखिएको जनाएका थिए ।
सरकारले लक डाउनको हालसम्मको अवधिमा ८७ हजारको मात्र कोभिड १९ को परिक्षण गरेको छ । आरडीटी प्रविधिबाट ६३ हजार ८५ जनाको र पीसीआर प्रविधिबाट २२ हजार ९ सय १४ जनाको परिक्षण गरिएको छ ।
हलसम्म क्वारेन्टाइनमा १५ हजार, ६ सय ८३लाई राखिएको छ भने आइसोलेसनमा २ सय ६७ लाई राखिएको छ । उदयपुरका ३५ वर्षे पुरुषलाई शुक्रबार डिष्चार्ज गरिएसँगै कोरोना संक्रमणबाट निको भइ डिष्चार्ज हुनेको सख्या ३६ पुगेको छ ।
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...
काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...