
काठमाडौं । आइसिसी यू– १९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपालसँग भिडिरहेको भारतलाई तेस्रो झड्का लागेको छ ।
भारतले लगातारका दुई बलमा दुई विकेट गुमाएपछि भारत दबाबमा देखिएको छ । दीपक डुम्रेले उत्कृष्ट फिल्डिङ गर्दै प्रियन्सु मोलियालाई रनआउट गराए लगत्तै आकाश चन्दले अर्का ब्याटर अर्शिन कुलकर्नीलाई उत्तम मगरको हातबाट विकेटको पछाडि क्याच गराए ।
१४औँ ओभरको अन्तिम बलमा अर्शिन आउट भएका हुन् । त्यसअघि पाँचौँ बलमा दीपक डुम्रेले उत्कृष्ट ढंगले दोस्रो विकेटका रूपमा प्रियन्सुलाई रनआउट गराएका थिए ।
त्यसअघि भारतले ४.५ ओभरमा पहिलो विकेट गुमाएको थियो । गुल्सन झाले आफ्नो तेस्रो ओभरमा भारतका ओपनर आदर्श सिंहलाई व्यक्तिगत २१ रनमा आउट गरेका थिए ।
दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङ ओभलमा भारतले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङ गरिरहेको हो ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...