काठमाडौं । कोरोना भाइरसबाट शनिवार विहान थप ९ जना संक्रमित भएको पुष्टी भएको छ । यो सँगै कोभिड १९ पुष्टी भएकाको सख्या २ सय ७६ पुगेको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणबाट बर्दिया जिल्ला नार्खु ११ निवासी २८ बर्षे महिला, सिरहा जिल्लाको सखुवा १९ निवासी ३० वर्षे पुरुष, बीरगंज १२ निवासी २८ र २९ वर्षे पुरुष र सर्लाही जिल्ला रामनगर ४ निवासी १८ वर्षे महिलामा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको हो ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी विहान १० बजे विज्ञप्ती जारी गर्दै चितवन जिल्ला गढौली १ निवासी २५ वर्षे महिलामा पनि कोराना संक्रमण पुष्टी भएको हो ।
मन्त्रालयले शनिबार विहान ११ः ३० विज्ञप्ती जारी गर्दै प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षण अनुसार कपिलवस्तु जिल्लाको शिवराज नगरपालिस्थित चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षे पुरुषहरुमा कोभिड १९ को पुष्टी भएको जनाएको छ ।
सिरहामा पहिलो पटक सखुवा नगरपालिकाका ३० वर्षे पुरुषमा कोरोना संक्रमण देखिएको हो । शुक्रबार कोरोना संक्रमितको सख्या २ सय ६७ थियो । शुक्रबार पनि १८ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको थियो ।

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...
काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...