बैंकिङ कसुरमा फरार एक महिला पक्राउ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

बैंकिङ कसुरमा फरार एक महिला पक्राउ

काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर एक महिला पक्राउ परेकी छन्। काभ्रेपलान्चोकको बनेपा नगरपालिका साविक वडा नं. ११ हाल वडा नं ६० बस्ने घराना डेभलपर्स प्रालिका सञ्‍चालक मन्दिरा केसी पक्राउ परेकी हुन् ।

बैंकिङ कसुर मुद्दामा साविक पुनरावेदन अदालत पाटनको २०७१ वैशाख २९ गतेको फैसलाले उनलाई ३ वर्ष कैद र ४ करोड रुपैया जरिवाना हुने ठहर गरेको थियो ।

क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी मन्दिरा केसी सञ्चालक रहेको घराना डेभलपर्स प्रालिलाई ऋणी बनाई सोही प्रालिका नाममा दर्ता रहको भक्तपुर साविक चाँगुनारायण गाविस–७ र ९ स्थित जग्गाहरु धितो राखि प्राप्त गरेको कर्जा तोकिएको परियोजनामा लगानी दुरुपयोग गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले माघ २० गते बनेपाबाट उनलाई पक्राउ गरेको हो । आइतबार फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ २१, १७: ३३

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ २१, १७: ३३

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० माघ २१, १७: ३३

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...