
काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले संसद् र समिति बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।
शनिबार र आइतबार बसेको दलको बैठकले संसद बैठकहरूमा अनिवार्य उपस्थित भएर प्रभाकारी भूमिका खेल्न निर्देशन दिएको प्रमुख सचेतक पदम गिरीले बताए ।
यस्तै, संसद्को अधिवेशनमा संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माण, सामाजिक न्याय, सुशासन, समृद्धि र राष्ट्रिय हितका सवालमा प्रभावकारी भूमिका खेल्न पनि अध्यक्ष ओलीले सांसदहरुलाई निर्देशन दिएका छन् ।
यस्तै, बैठकले युवा पलायन रोक्न र पश्चिम एसियामा बिग्रँदो शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी अप्ठ्यारो अवस्थमा रहेका नेपाली युवालाई अविलम्ब स्वदेश फर्काउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।
संसदको हिउँदे अधिवेशन सुरु हुन दुई दिनअघि दलको बैठकले बोलाएर एमालेले आफ्ना सांसदहरुलाई ब्रिफिङ गरेको हो । संघीय संसदको हिउँदे अधिवेशन आज ४ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...