कोरोना संक्रमितको सख्या २ सय ९१ पुग्यो, रौतहटमा १० जनामा संक्रमण – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

कोरोना संक्रमितको सख्या २ सय ९१ पुग्यो, रौतहटमा १० जनामा संक्रमण

कठमाडौं । प्रदेश नं २ को रौतहटमा १० जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणबाट रौतहटका मात्रै १० जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या दुई सय ९१ पुगेको छ ।
३६ जना निको भएर घर गएका छन् भने एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नं ९ फरहदवा निवासी १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षे युवामा कोरोना संक्रमण भएको पुष्टी भएको हो ।
त्यस्तै, रौतहट जिल्लाकै इशनाथ नगरपालिका वडा नं ३ र ५ का २८, ३० र ३३ वर्षे युवामा पनि कोरोना पुष्टी भएको छ । मन्त्रालयले आइतबार विहान सवा सात वजे जारी गरेको विज्ञप्तीअनुसार सबै संक्रमितको स्वास्थ्य सामान्य रहेको उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

सम्बन्धित समाचार

आज यी स्थानमा भारी वर्षाको सम्भावना
आज यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ जेष्ठ ४, ०९: ४९

काठमाडौं : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून...

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७७ जेष्ठ ४, ०९: ४९

काठमाडौं : सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी...

कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
  • २०७७ जेष्ठ ४, ०९: ४९

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...