नेपाली जुडोलाई जापानको सहयोग – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

नेपाली जुडोलाई जापानको सहयोग

काठमाडौं । नेपालका लागि जापानका राजदूत किकुता युताकाले मङ्गलबार नेपाल जुडो सङ्घलाई जुडो पोसाक हस्तान्तरण गरेका छन् ।

जापानी दूतावासमा भएको एक कार्यक्रममा राजदूत युताकाले नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष वज्राचार्यलाई २४० जुडो सामग्री प्रदान गरे ।

जापानको जुडो महासङ्घ र जापान सरकारको परियोजना ‘स्पोर्ट्स डिप्लोमेसी इन्हेन्समेन्ट’ अन्तर्गत सो सहयोग नेपाल जुडो सङ्घलाई उपलब्ध गराइएको हो ।

राजदूत युताकाले यस खेलको दैनिक अभ्यासले युवा जुडो खेलाडीहरुको खेल्ने क्षमता मात्र वृद्धि हुने नभएर स्वस्थ शरीर र उच्च खेल भावना पनि सिक्ने भनाइ राखे । ‘जुडोले युवाहरुको मानसिक र शारीरिक वृद्धिमा सहयोग गर्छ । यसैगरी यस्तो योगदानले नेपाल र जापानबीचको सम्बन्धपनि थप न्यानो हुने मलाई विश्वास छ,’उनले बताए ।

नेपाल जुडो सङ्घका अध्यक्ष वज्राचार्यले सहयोगका लागि धन्यवाद दिँदै जापानबाट सहयोग प्राप्त जुडो सामग्री राष्ट्रिय टिमका खेलाडी, जिल्ला जुडो सङ्घ, नेपाल पुलिस क्लबका साथै अन्य जुडो क्लबलाई अभ्यास गर्न वितरण गर्ने जानकारी दिए ।

कार्यक्रममा प्रशिक्षक एवं सन् २०२६ मा जापानको आइचि नागोयामा हुने एसायाली खेलकुदका लागि तयारी गरिरहेका चार जुडो खेलाडीको पनि सहभागिता थियो ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ २३, १७: ००

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ २३, १७: ००

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० माघ २३, १७: ००

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...