कोभिड १९ बाट बाँके नरैनापुरका युवाको निधन – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

कोभिड १९ बाट बाँके नरैनापुरका युवाको निधन

काठमाडौं । वाँके जिल्लाको नरैनापुर गाउँपालिका वडा नं ५ का २५ वर्षे युवाको कोभिड १९ पोजेटिभका कारण आज विहान निधन भएको छ ।
कोभिड १९ (कोरोना भाइरस) का कारण नेपालमा निधन भएको यो दोश्रो घटना हो । यसअघि विहीबार सिन्धुपाल्चोकको बाह्रविसेस्थित राम्चेकी २९ वर्षे सुत्केरी सावित्रा चालिसेको धुलिखेल अस्पतालमा निधन भएको थियो ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले भारतबाट बैशाख ३० गते नेपाल आएर हाल वाँकेको क्वारेन्टाइनमा बसेका ति पुरुषको आज विहान ६ बजेर ४० मिनेटमा निधन कोरोना भाइरस संक्रमणको कारण भएको पुष्टी गरेका हुन् ।
शनिबार झाडा पखाला र अध्यधिक ज्वरो आएको र आज विहान निधन भएको हो । उनको स्वाव परिक्षणबाट कोभिड १९ पोजेटिभ देखिएको जनाएका छन् ।
वाँके जिल्लामा कोरोना भाइरसबाट संक्रमित भएकाको सख्या ३३ जना छ ।
स्वास्थ्य मन्त्रालयले पिसिआर प्रविधिबाट हालसम्म २८ हजार एक सय ६० र आरडीटी प्रविधिबाट ६७ हजार सात सय ६९ जनाको नमुना परिक्षण गरिएको छ ।
हालसम्म कोरोनाको संक्रमणबाट नेपालमा दुई जनाको निधन भइसकेको छ भने दुई सय ९१ जना संक्रमित भएका छन् । ३६ जना संक्रमित निको भएर डिष्चार्ज भएका छन् ।
हालसम्म तीन सय ४६ जनालाई आइसोलेसनमा राखिएको छ भने १८ हजार तीन सय ५७ जना क्वारेन्टाइनमा बसेका छन् ।
विहिबार धुलिखेल अस्पतालमा निधन भएकी महिलाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको शनिबार पुष्टी भएपछि सरकारले सिन्धुपाल्चोकमा ४ सय जनाको नमुना परिक्षण गर्न थालेको छ ।

स्वास्थ्य मन्त्रालयले नीजि अस्पताललाई समेत आरडिटी किट खरिद गरेको मुल्यमा २० प्रतिशतसम्म बढी मुल्य लिएर सेवाग्राहीको परिक्षण गर्न अनुमति दिने निर्णय गरेको छ । हालसम्म आरडीटीको परिक्षण सरकारी संयन्त्रले मात्र गर्दै आएको थियो ।

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७७ जेष्ठ ४, १८: ४२

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७७ जेष्ठ ४, १८: ४२

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ जेष्ठ ४, १८: ४२

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...