अष्ट्रेलियाका सांसदले लिए भागवत गीता छोएर शपथ – Naya Bikalpa
July 31, 2026, Friday      Epaper

अष्ट्रेलियाका सांसदले लिए भागवत गीता छोएर शपथ

काठमाडौं । अस्ट्रेलियाको संसदमा भारतीय मूलका ब्यारिस्टर वरुण घोष नयाँ सिनेटर बनेका छन्।

नयाँ सिनेटरमा चयन भएका घोषले भागवद् गीतामा हातमा राखेर पद तथा गोपनियताका शपथ लिएका छन्।

गीतामा हात राखेर अष्ट्रेलियामा पद तथा गोपनियताको सपथ लिने घोष यसो गर्ने पहिलो व्यक्ति समेत हुन्।

अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले उनलाई सो कार्यका लागि बधाई समेत दिएकी छन्।

पेनी वोङले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पश्चिमी अस्ट्रेलियाका हाम्रा नयाँ सिनेटर वरुण घोषलाई स्वागत छ । सिनेटर घोष भगवद गीताको शपथ लिने पहिलो अष्ट्रेलियाली सिनेटर हुन् । मैले बारम्बार भनेको छु कि जब तपाईं केही गर्नको लागि पहिलो हुनुहुन्छ, तपाईं निश्चित हुनु पर्दछ कि तपाईं अन्तिम हुनु हुन्न ।’

लेबर पार्टीले घोषलाई वेस्टर्न अष्ट्रेलिया (डब्लुए) बाट प्रतिनिधित्व गर्न चयन गरेको हो ।

हालै फ्रान्सिस बर्ट चेम्बर्सका ब्यारिस्टर, ३८ वर्षीय घोषलाई वर्तमान सिनेटर प्याट्रिक डडसनको ठाउँमा छानिएको थियो । पश्चिमी अस्ट्रेलियाको विधान सभाले भनेको थियो, ‘विधानसभा र विधान परिषद्ले सिनेटर वरुण घोषलाई संघीय संसदको सिनेटमा पश्चिमी अस्ट्रेलियाको प्रतिनिधित्व गर्न निर्वाचित गरेको छ ।’

वरुण घोषले भर्खरै आफ्नो छनोटमा भनेका थिए, ‘म राम्रो शिक्षा पाउँदा भाग्यशाली थिएँ र म दृढतापूर्वक विश्वास गर्छु कि उच्च गुणस्तरको शिक्षा र प्रशिक्षण सबैका लागि उपलब्ध हुनुपर्छ ।’

अष्ट्रेलियका समाचार संस्थाहरूका अनुसार अनुसार घोष १७ वर्षको उमेरमा पर्थमा नै लेबर पार्टीमा प्रवेश गरेका थिए, जुन १८ बर्ष पछि उनी सिनेटरमा निर्वाचित भए ।

सम्बन्धित समाचार

जापानको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, उद्धार कार्य जारी
जापानको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, उद्धार कार्य जारी
  • २०८० माघ २४, १०: ५७

काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको...

नेपाल अडिटर्स एसोसिएसनको २१औं स्थापना दिवसको अवसरमा राहत वितरण
नेपाल अडिटर्स एसोसिएसनको २१औं स्थापना दिवसको अवसरमा राहत वितरण
  • २०८० माघ २४, १०: ५७

काठमाडौं : नेपाल अडिटर्स एसोसिएसन (अडान) ले आफ्नो २१औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण कार्यक्रम सम्पन्न गरेको...

वीरगन्जमा आज पनि निषेधाज्ञा
वीरगन्जमा आज पनि निषेधाज्ञा
  • २०८० माघ २४, १०: ५७

वीरगन्ज : जिल्ला प्रशासन कार्यालय पर्साले आज पनि वीरगन्ज महानगरपालिकाका विभिन्न चार स्थानमा निषेधाज्ञा आदेश जारी गरेको छ । प्रमुख जिल्ला...