
काठमाडौंः दक्षिण कोरियालाई पराजित गर्दै जोर्डन एशियन कपको फाइनलमा पुगेको छ।
गएराति सम्पन्न सेमिफाइनल खेलमा जोर्डनले दक्षिण कोरियालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो।
पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा जोर्डनले २ गोल गरेर खेल जितेको थियो।
जोर्डनको जितमा याजन अल नैमत र मुसा अल तामारीले एक एक गोल गरेका थिए। जोर्डन पहिलो पटक एशियन कपको फाइनलमा पुगेको हो।
योसँगै अब जोर्डनले फाइनलमा इरान र कतारबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ।
इरान र कतारबीचको दोस्रो सेमिफाइनल खेल आज राति हुने छ।
फाइनल खेल शनिबार हुनेछ।
काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको...
काठमाडौं : नेपाल अडिटर्स एसोसिएसन (अडान) ले आफ्नो २१औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण कार्यक्रम सम्पन्न गरेको...
वीरगन्ज : जिल्ला प्रशासन कार्यालय पर्साले आज पनि वीरगन्ज महानगरपालिकाका विभिन्न चार स्थानमा निषेधाज्ञा आदेश जारी गरेको छ । प्रमुख जिल्ला...