क्यानडाविरुद्ध ओपनर कुशलको अर्धशतक – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

क्यानडाविरुद्ध ओपनर कुशलको अर्धशतक

काठमाडौं। क्यानडाविरुद्धको ओडीआई सिरिज अन्तर्गतको जारी खेलमा ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा उनले ४५ बल खेल्दै ८ चौका र १ छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन्।

ओडिआईमा उनको ७औँ अर्धशतक हो। उनले एक शतक पनि प्रहार गरेका छन्। नेपाल अहिले १३औँ ओभरमा एक विकेट गुमाउँदै ७१ रन बनाएर खेलिरहेको छ।

यो सिरिजका लागि मुख्य प्रशिक्षक मन्टी देसाईले युवा टोलीलाई अवसर दिएका छन्। प्रधानमन्त्री कपमा प्लेयर अफ द सिरिज बनेका स्पिनर सूर्य तामाङ र रिजन ढकालले आजको खेलबाट ओडिआईमा डेब्यु गरेका छन्।

यो खेल नेपाली राष्ट्रिय क्रिकेट टिम र क्यानडा बीचको पहिलो ओडिआई हो। यो खेललाई दुई पुराना साथी मोन्टी देसाई र पुवुदु दसानायके बीचको प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ।

क्यानडा पहिलो पटक नेपाल आएको हो। हाल क्यानडाको मुख्य प्रशिक्षक रहेका पुवुदु, नेपाली क्रिकेटमा परिचित नाम हो।

उनकै नेतृत्वमा नेपालले सन् २०१४ मा टि–ट्वान्टी विश्वकपमा डेब्यु गरेको थियो। यस्तै, मोन्टी क्यानडाको ब्याटिङ कन्सल्ट्यान्ड हुँदै २०१९ मा मुख्य प्रशिक्षक बनेका थिए। पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल एसोसिएट राष्ट्रमा बलियो छ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ २५, ११: १२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ २५, ११: १२

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० माघ २५, ११: १२

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...