
काठमाडौं । क्यानडाविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले तेस्रो विकेट लिएका छन् । पौडेलले पर्गात सिंहलाई ललितनारायण राजवंशीबाट क्याच आउट गराए । सिंहले अर्धशतक बनाएका थिए ।
यो विकेटसँगै क्यानडाको ठूलो साझेदारी समेत तोडिएको छ । निकोलस किर्तनसँग सिंहले ७८ रनको साझेदारी गरे ।
२२४ रनको लक्ष्य पछ्याएको क्यानडाले २१ ओभर सकिदा ३ विकेटको क्षतिमा १२३ रन बनाएको छ ।
यसअघि सोमपाल कामीले आरोन जोनसनलाई २० रनमा एलबीडब्ल्यू आउट गरेका थिए ।
त्यसअघि रिजन ढकालले आफ्नो करिअरको पाँचौं बलमा अन्तर्राष्ट्रिय पहिलो विकेट लिए । उनले नवनित दलिवाललाई व्यक्तिगत ६ रनमा आउट गरे ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...