
काठमाडौं । कोशी प्रदेश सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले बनाएको वार्ता टोली र कोशी प्रदेश सरकारबीच पुनः वार्ता शुरु भएको छ ।
हिजो एजेन्डामा नै प्रवेश नगरी स्थगित भएको वार्ता केहिबेर अघि पुनः शुरु भएको हो ।
प्रदेशको नाम प्रति असन्तुष्टहरूको माग सम्बोधनका लागि भन्दै केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि भौतिक पूर्वाधार विकास मन्त्री कमल जवेगुको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन भएको थियो ।
सो वार्ता टोलीले वार्ताको आव्हान गरेपछि पहिचान पक्षधरहरूले बुधवार ११ सदस्यीय वार्ता टोली गठन गरेका थिए । प्रदेश नम्बर १ पुन नामकरण संयुक्त सङ्घर्ष समितिले वार्ता टोली गठन गरेपछि हिजोबाट वार्ता शुरु भएको हो ।
वार्तालाई पहिचान पक्षधरले उठाउँदै आएका माग सम्बोधनको पहिलो कदमको रूपमा लिनुपर्ने कोशी प्रदेश सरकारका तर्फबाट गठित वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमल जवेगुले बताएका छन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...