१८ जना थपिए कोरोनाका संक्रमित, देशभर ३ सय ७५, वाँकेमा ९३ जना – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

१८ जना थपिए कोरोनाका संक्रमित, देशभर ३ सय ७५, वाँकेमा ९३ जना

काठमाडौं । कोरोना संक्रमितको संख्या सोमबार साँझसम्ममा तीन सय ७५ पुगेको छ । सोमबार साँझ १८ जनामा संक्रमण देखिएको पुष्टी भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले जनाएका छन् ।
सहप्रवक्ता अधिकारीका अनुसार वाँकेको नरौनापुरका १२ पुरुषहरु, धनुषाका २ पुरुषहरु, खोटाङ हलेसीका एक पुरुष, दैलेख आठविसकोट १ का एक पुरुष, सुनसरीका एक पुरुष र झापाका १ पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।
कोरोनाका कारण वाँके नरैनापुरका २५ वर्षे युवा र सिन्धुपाल्चोककी २९ वर्षिय सुत्केरी महिलाको निधनपछि सरकारले पिसिआर प्रविधिबाट नमुनाको परिक्षण बढाएसँगै संक्रमितको सख्या पनि बढेको हो ।
हालसम्म सबैभन्दा धेरे वाँकेमा संक्रमित देखिएका छन् । सोमबार मात्र वाँकेमा ५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मन्त्रालयले सोमबार विहान ९ जनामा, दिउँसो ५३ जनामा र साँझ १८ जनामा संक्रमण पुष्टी भएको जनाएको छ ।

सम्बन्धित समाचार

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
  • २०७७ जेष्ठ ५, २३: ३२

काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
  • २०७७ जेष्ठ ५, २३: ३२

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...

रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
  • २०७७ जेष्ठ ५, २३: ३२

काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...