गृहमन्त्रीलाई रवि लामिछानेले हाले प्रश्नको घेराबन्दीमा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

गृहमन्त्रीलाई रवि लामिछानेले हाले प्रश्नको घेराबन्दीमा

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैंठक जारी छ । जारी बैंठकमा विभिन्न विषयमा छलफल भईरहेको छ । आजको बैंठकमा उपप्रधान तथा गृहन्त्री नारायणकाजी श्रेष्ठ पनि उपस्थित रहेका छन् ।

आजको समिति बैठकमा रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले गृहमन्त्री श्रेष्ठलाई प्रश्नै प्रश्नले घेरेका छन् ।

लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीत पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकदेखि बादल, पत्नी नैनकला थापा अनि बाँसबारी जग्गा प्रकरणका आरोपीत अरुण चौधरीसम्मका प्रश्नले गृहमन्त्रीलाई घेरेका हुन् ।

अनुसन्धानका क्रममा च्याम्पियन फुटवेयरमा अरुण चौधरीसँगै विनोद चौधरीको पनि सेयर भएको भेटिएको सीआईबीको भनाइ छ।

सांसद लामिछानेको प्रश्नको जवाफमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जो जो सँग बुझ्नुपर्छ सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताए ।

उनले भने, ‘अनुसन्धानको प्रक्रियामा जो जोलाई लिखत गर्न, बुझ्न ल्याउनुपर्छ ती सबैलाई ल्याउँछौं ।’

 

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ २८, १६: ५६

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० माघ २८, १६: ५६

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ २८, १६: ५६

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...