
झापा । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवंम् पूर्व मन्त्री केशवकुमार बुढाथोकीले लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा ऐतिहासिक भूमिका रहेको बताएका छन् ।
दिवंगत बुढाथोकीको सातौं पुण्य तिथिको अवसर पारेर उनको गृहनगर झापा अर्जुनधारामा आइतबार आयोजित श्रद्धाञ्जलीसभा कार्यक्रममा बोल्दै पार्टी सभापति देउवाले बुढाथोकीको निधनले पार्टी र राष्ट्रलाई अपुरणीय क्षति पुगेको बताउँदै विकास निर्माण, संगठन निर्माण विस्तार र लोकतान्त्रिक आन्दोलन र संविधानसभा सदस्यका रुपमा रहेर संविधान निर्माणमा खेलेको भूमिका स्मरणीय रहने बताए ।
नेपाली कांग्रेस झापाको आयोजनामा बुढाथोकी निवासमा भएको श्रद्धाञ्जलीसभामा पार्टी सभापति देउवाले परिवारलाई समवेदना पत्र हस्तान्तरण गरे ।
नेपाली कांग्रेस कोशी प्रदेश समिति, नेपाली कांग्रेस झापा जिल्ला समिति, विभिन्न भातृ तथा शुभेच्छुक संघसंस्थालगायत तीन दर्जन बढी समवेदना पत्र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापा, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, लगायतले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
श्रद्धाञ्जली सभामा अर्थमन्त्री प्रकाशशरण महत, पूर्व महामन्त्री एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, पार्टीका सहमहामन्त्री भीष्मराज आङदेम्बे, केन्द्रीय सदस्य राजीव ढुङ्गाना, महेन्द्राकुमारी सुब्बा, सुशीला ढकाल आचार्य, गोमा भट्टराई, कोशी प्रदेशका अध्यक्ष उद्धव थापा लगायतको उपस्थिति रहेको थियो।
श्रद्धाञ्जलीसभामा शोक समवेदना व्यक्त गर्न उपस्थित महानुभावले केशवकुमार बुढाथोकीको व्यक्तित्व, नेतृत्व र सांसद, मन्त्री एवं पार्टी संगठनको विभिन्न पदीय जिम्मेवारीमा रहँदा गर्नुभएको योगदानको चर्चा गर्दै उनको स्मरण गर्नुभएको थियो। पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुडाथोकीको उपचारका क्रममा विराटनगरमा निधन भएको हो।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...