
काठमाडौं । नेपालमा कोरोना संक्रमितको सख्या एकै दिन २५ जना बढेर ४ सय २७ पुगेको छ ।
कपिलवस्तु जिल्लामा एकै दिन ३ वर्षे वालकसहित १३ जनामा कोभिड १९ पोजेटिभ देखिएको छ । यसअघि कपिलबस्तुमा संक्रमितको सख्या ४६ थियो ।
कपिलबस्तुमा २२,३५ र ४८ वर्षका पुरुषलाई कोरोना संक्रमणको पुष्टी भएपछि विजयनगर क्वारेन्टाइनमा राखिएको छ । कपिलवस्तुको महाराजगंज नगरपालिकामा ३, ४, ६ वर्षका वालक, १६, २५, ३२, वर्षे महिला, १२ वर्षे वालक, २० ३४ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार वाँके जिल्लाको नरैनापुर वडा नं ५ का ६ जना पुरुषहरु १७, २०, २८, ३० र ४० वर्ष उमेरका पुरुष र एक महिलामा संक्रमण देखिएको छ । वाँकेमा यसअघि संक्रमितको सख्या ९२ थियो ।
वाँके जिल्ला कोरोनाको संक्रमितको सबैभन्दा बढी भएको जिल्ला हो । यहाँ संक्रमितको सख्या ९८ पुगेको छ । वाँके नरैनापुरका २५ वर्षे एक युवकको निधन समेत भइसकेको छ ।
धनकुटामा पाँच जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयले धनकुटाको अद्यावधिक विवरण बुधबार दिए पनि मंगलबार बृेलुकी नै जिल्ला जनस्वास्थ्य कार्यालय धनकुटाले ५ जनामा संक्रमण देखिएको जनाएको थियो ।
नवलपरासी पश्चिमको सुस्ताका २६ वर्षे युवामा कोरोना संक्रमण देखिएको छ । उनलाई वेलपानी क्वारेन्टाईनमा राखिएको जनाइएको छ ।
कोरोना संक्रमित भइ हाल कोशी अस्पतालको आइसोलेसनमा बसेका उदयपुरका ८ जना पुरुषलाई डिष्चार्ज गरिएको छ । योसँगै कोरोना संक्रमित भएर निको भइ घर फर्कनेको सख्या ४५ पुगेको छ ।
संक्रमित ४ सय २७ मध्ये ३ सय ५८ पुरुष र ६९ जना महिला रहेका छन् ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि आज देशभर पालिका तहको अधिवेशन हुँदैछ। यसैक्रममा काठमाडौंको...
काठमाडौं । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली...
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल–अमेरिका...