झापामा कोरोना संक्रमित १५ थपिए, देशभर संक्रमित ४ सय ४४ पुगे – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper

झापामा कोरोना संक्रमित १५ थपिए, देशभर संक्रमित ४ सय ४४ पुगे

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा कोरोना संक्रमितको सख्या एक्कासी बढेर २७ पुगेको छ । योसँगै देशभर संक्रमितको सख्या बढेर ४ सय ४४ पुगेको छ ।
झापाको कचनकवल गाउँपालिकामा क्षेत्रमा बनाइएको क्वारेन्टाइनमा बसेकाहरुमा संक्रमण फैलिएको हो । कचनकवल गाउँपालिकाको ३, ६ र ८ नम्वरव वडाका १५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार झापामा थपिएका १५ जना १८, १८, १९, १९, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७, र ४६ वर्षका पुरुषहरु हुन् । यसअघि सोही गाउँपालिकामा १० जनामा कोरोना संक्रमणको पुष्टी भएको थियो । योसँगै कचनकवलमा संक्रमितको सख्या २५ पुगेको छ ।
झापाको दमक नगरपालिका र बाह्रदशी गाउँपालिकाका २ पुरुषमा कोरोना संक्रमित भएपछि उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
आज धनकुटाका ३४ वर्षे पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षे महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । यसअघि सुनसरीमा २ जनामा र धनकुटामा ६ जनाम कोरोना संक्रमणको पुष्टी भइसकेको छ । आज संक्रमित देखिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको दाबी छ ।

सम्बन्धित समाचार

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
  • २०७७ जेष्ठ ८, ०९: २२

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
  • २०७७ जेष्ठ ८, ०९: २२

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
  • २०७७ जेष्ठ ८, ०९: २२

काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...