त्रिविको उपकुलपति छनोटमा कुनै संदेह नरहेको शिक्षा राज्यमन्त्रीको दाबी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

त्रिविको उपकुलपति छनोटमा कुनै संदेह नरहेको शिक्षा राज्यमन्त्रीको दाबी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटमा कुनै संदेह नरहेको बताएकी छिन् ।

उपकुलपति छनोटका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो ।

उक्त सर्च कमिटीले दरखास्त माग गर्दा ४३ जनाले आवेदन दिएकामा त्यसबाट १४ जनाको सर्टलिस्ट सार्वजनिक गरिएको छ ।

सर्टलिस्टमा परेका १४ जनामध्ये केही व्यक्तिको नाममा प्रश्न उठेपछि संसदको शिक्षा समितिले सोमबार शिक्षामन्त्री राईलाई बोलाएको थियो । तर समितिमा शिक्षामन्त्रीको सट्टा शिक्षा राज्यमन्त्री प्रमिला कुमारी उपस्थित भएकी थिइन् ।

उनले कसैका विरुद्ध सिफारिस समितिमा उजुरी नपरेको बताइन् । पूर्वउपकुलपति तीर्थ खनियाँलाई बौद्धिक चोरीको आरोप लागेको छ, तर उनी सर्ट लिस्टमा परेका छन् ।

शिक्षा राज्यमन्त्री प्रमिलाकुमारीले उनीविरुद्ध उजुरी नपरेको बताइन् । ‘पूर्वपदाधिकारी हुनुहुन्छ। बुद्धिक चोरीको आरोप लाग्यो तर उहाँको सम्बन्धमा उजुरी परेन’, उनले भनिन् ।

हाल त्रिवि उपकुलपतिको जिम्मेवारीमा रहेका शिवलाल भुसालमाथि पनि सूचना लुकाएको आरोप छ । तर उनको विषयमा पनि उजुरी नपरेको मन्त्री कुमारीले बताइन् ।

‘जो निमित्त भिसी हुनुहुन्छ । सर्ट लिस्ट्मा पर्नुभएको छ, उहाँको विषयमा पनि उजुरी परेको छैन । सिफारिस समितिले प्रोसेस अगाडि बढाएको छ । कानुन संगत छ’, उनले भनिन् ।

शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले सिफारिस समितिले मेरिटको आधारमा कुलपति छनोट गर्ने बताए ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ २९, १३: ५२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ २९, १३: ५२

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० माघ २९, १३: ५२

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...