रुविनाको ऐतिहासिक शतकः नेपालको लगातार तेस्रो जित – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

रुविनाको ऐतिहासिक शतकः नेपालको लगातार तेस्रो जित

काठमाडौं। मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपालले लगातार तेस्रो जित निकालेको छ ।
तेस्रो जित निकाल्नेक्रममा नेपालले माल्दिभ्सलाई २१४ रनको विशाल अन्तरले पाखा लगाएको हो ।

नेपालले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्स १३.३ ओभरमा मात्र १३ रनमा समेटियो । माल्दिभ्सका लागि कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । माल्दिभ्सलाई लज्जास्पद हार चखाउनेक्रममा नेपालका अस्मिना कमचार्य एक्लैले ४ विकेट लिईन् भने पूजा महतो र रुविना बेल्बासे क्षेत्रीले समान ३ विकेट लिईन् ।

यसअघि टस जितेर सुरुआतमा ब्याटिङ गरेको नेपालले शानदार प्रदर्शन गर्दै निर्धारित २० ओभरमा २२७ रन जोड्यो । नेपालका लागि रुविना बेल्बासे क्षेत्रीले शानदार शतक प्रहार गरेकी छन् । रुविनाले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध ५४ बलमा शतक पूरा गर्दै दुर्लभ इतिहास रचेकी हुन् ।

उनी नेपालबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा शतक हान्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् ।

यसअघि नेपालबाट अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सर्वाधिक रन ८२ रन थियो ।

२०२१ नोभेम्बरमा सीता रानामगरले कतारविरुद्ध बनाएको ८२ रन नै कुनैपनि नेपाली महिला क्रिकेटरले बनाएको उच्च योगफल थियो ।

नेपालले अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेटमा बनाएको पनि यो सर्वाधिक रन हो । नेपालले यसअघि सन् २०२१ को नोभेम्बर १८ तारिखमा खेलिएको कतारविरुद्धको खेलमा तीन विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो ।

रुविनाले केवल ५९ बलको सामना गरी पाँच छक्का र १० चौका हिर्काउँदै अविजित एक सय १८ रन बनाइन् । खेलमा उनको स्ट्राइक रेट दुई सय रह्यो ।

छैटौँ नम्बरमा क्रिज समाल्न आएकी पूजाले पनि टोलीका लागि अविजित ५९ रनको योगदान गरिन् । पूजाले केवल ३६ बलको सामना गरी एक छक्का र पाँच चौका हिर्काइन् । अन्तर्राष्ट्रिय टी२० क्रिकेटमा पूजाको यो पहिलो अर्धशतक पनि हो ।

त्यसअघि ओपनर ब्याटर सीता रानामगरले १५ र कविता कुँवरले ११ रन बनाएका थिए । कप्तान इन्दु बर्मा भने शून्य रनमै पभेलियन फर्किएकी थिइन् ।

डली भट्टले पनि टोलीको खातामा ६ रन थपिन् । नेपालले अतिरिक्त रूपमा पनि १६ रन पाएको थियो ।

समूह डी मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुगिसकेको छ । नेपाल अपराजित रहँदै क्वाटरफाइनल खेल्न चाहन्थ्यो जून पूरा भएको छ ।

 

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन १, १४: ३४

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन १, १४: ३४

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन १, १४: ३४

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...