प्रचण्डद्वारा मस्यौदा विधान पेस,२० समूह बनाएर छलफल हुँदै – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

प्रचण्डद्वारा मस्यौदा विधान पेस,२० समूह बनाएर छलफल हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधान अधिवेशनमा मस्यौदा विधान पेस गरेका छन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी बैठकमा अध्यक्ष प्रचण्डले मस्यौदा विधान पेस गरेका हुन् ।
मस्यौदाबारे २० वटा समूह बनाएर छलफल गरिने महासचिव देव गुरूङले जानकारी दिए । छलफल बुधबार दिउँसोसम्म जारी रहनेछ ।

अधिवेशनमा करिब १२ सय प्रतिनिधि सहभागी छन् ।

पार्टी कमिटी सानो बनाएर व्यवस्थित ढंगले पार्टी चलाउने लक्ष्यका साथ माओवादीले विधान अधिवेशन गरेको हो। अधिवेशन तीन दिनसम्म चल्नेछ ।

प्रचण्डले केन्द्रीय समितिले पदाधिकारी छनोट गर्ने प्रस्ताव गर्दै जनवादी केन्द्रीयता कम्युनिस्ट पार्टीको संगठतात्मक सिद्धान्त भएको बताउँदै जनवादी केन्द्रीयताको ब्याख्यामा अझ वृहत बनाउनुपर्ने उल्लेख गरे ।

 

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन १, १५: ५८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन १, १५: ५८

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन १, १५: ५८

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...