
काठमाडौं । ललिता निवास जग्गा प्रकरण मुद्दामा विशेष अदालतले आज फैसला सुनाउने तयारी गरेको छ ।
गत माघ २ गतेदेखि विशेष अदालतमा निरन्तर सुनुवाइ भएको सो मुद्दामा मंगलबार बहस सकिएपछि आज फैसला सुनाउने तयारी गरिएको हो ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले सुनवाइ सकिएकाले सम्भवतः बुधबार नै फैसाला आउने जानकारी दिए ।
बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ, २०७६ मा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले भ्रष्टाचारको आरोपमा ११० जना विरुद्ध र तह–तहमा जग्गा किनेका ६५ जनालाई भने जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको थियो ।
अख्तियार दुरुपयोग अनसुन्धान आयोगले २०७६ साल माघ २२ गते सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराई भ्रष्टाचार गरेको कसुरमा मुद्दा दर्ता गराएको थियो ।
अख्तियारले पूर्वमन्त्रीहरु डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी, छविलाल पन्त, अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात लगायत विरुद्ध मुद्दा दायर गरेको थियो । प्रतिवादी बनाइएका जिल्ला न्यायाधीश विनोदकुमार गौतम विरुद्धको अभियोग भने सर्वोच्च अदालतको आदेशमा खारेज भइसकेको छ ।
ललिता निवास जग्गा प्रकरयणमा किर्ते गरेको आरोपमा अर्को मुद्दा पनि चलाइएको छ, जुन जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...