
क्यानडा । क्यानडाको ओन्टारियोमा विद्यार्थी सवार कार दुर्घटना हुँदा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ।
मंगलबार साँझ भएको उक्त दुर्घटनामा अन्य ८ विद्यार्थी घाइते भएका छन्। मृतक र घाइतेको नाम प्रहरीले सार्वजनिक गरेको छैन।
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। मृतकका परिवारलाई पहिले जानकारी दिएर मात्रै आधिकारिक रुपमा मृतकको नाम सार्वजनिक गरिने त्यहाँको प्रहरीले जनाएको छ।
दुर्घटनापछि लन्डन क्षेत्र बस्दै आएका नेपाली विद्यार्थी स्तब्ध भएका छन्।
घाइते आठ जनामध्ये २ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...