
एजेन्सी । बुधबार २० करोड भन्दा बढी मानिसले निवर्तमान राष्ट्रपति जोको विडोडोको उत्तराधिकारी चयन गर्न मतदान गरिरहेका हुन् ।
मतदाताले नयाँ राष्ट्रपति र उपराष्ट्रपति मात्र नभई संसदीय र स्थानीय प्रतिनिधिसमेत चयन गर्नेछन्।
प्रारम्भिक नतिजा बुधबार साँझ आउने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
निर्वाचनकै दिन आज जाकार्ता र जाभाका केही भागमा भारी वर्षा भएको छ ।
इण्डोनेसियाको निर्वाचन आयोगले बाढीका कारण मध्य जाभाका १० स्थानमा मतदान ढिलो हुने जनाएको छ।
११४ मतदान केन्द्र प्रभावित भएकाले डेमाक क्षेत्रको करंगन्यार जिल्लाका करिब २६ हजार मतदाताले भोट हाल्न कुर्नुपर्ने भएको छ।
योपटक राष्ट्रपतिको दौडमा रहेका चार उम्मेदवार चर्चामा छन् ।
जसमा पूर्व जनरल प्राबोवो सुब्यान्टो, निवर्तमान राष्ट्रपति जोको विडोडोका ३६ वर्षीय छोरा जिब्रान राकाबुमिङ राका, यस्तै पूर्व शिक्षामन्त्री तथा जकार्ताका गभर्नर एनीस वास्वेदन र सेन्ट्रल जाभाका पूर्व गभर्नर गन्जर प्रनोवो पनि छन् ।
काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको...
काठमाडौं : नेपाल अडिटर्स एसोसिएसन (अडान) ले आफ्नो २१औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण कार्यक्रम सम्पन्न गरेको...
वीरगन्ज : जिल्ला प्रशासन कार्यालय पर्साले आज पनि वीरगन्ज महानगरपालिकाका विभिन्न चार स्थानमा निषेधाज्ञा आदेश जारी गरेको छ । प्रमुख जिल्ला...