रामेछापः जिल्ला प्रहरी कार्यालयमा पुस्तक हस्तान्तरण – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

रामेछापः जिल्ला प्रहरी कार्यालयमा पुस्तक हस्तान्तरण

रामेछाप । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ जिल्ला शाखा रामेछापले ११औँ राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय रामेछापमा विभिन्न विधाका पुस्तक हस्तान्तरण गरेको छ ।

महासङ्घले जिल्लामा रहेका मिलिजुली पुस्तक तथा स्टेसनरी पसल, जे एन पुस्तक पसल, सहयात्री इन्टरप्राइजेज, घिमिरे पाठ्यपुस्तक तथा शैक्षिक सामग्री केन्द्र, दीक्षित स्टेसनरीलगायतका पसलबाट पुस्तक सङ्कलन गरिएको जनाइएको छ ।

करिब ३५ हजार मूल्य बराबरको पुस्तक आज एक कार्यक्रमबीच निःशुल्क जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रञ्जन गिरीलाई महासङ्घका जिल्ला अध्यक्ष सुजन घिमिरेले हस्तान्तरण गरेका हुन् ।

प्राप्त भएका पुस्तकलाई आफ्नो कार्यालयमा भएको पुस्तकालयमा राखी अनुसन्धानका क्रममा हिरासतमा रहेका थुनुवालाई पढ्न उपलब्ध गराउने प्रहरी निरीक्षक गिरीले बताए ।

उनले पुस्तक उपलब्ध गराउने नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ जिल्ला शाखालाई धन्यवाद दिए ।

 

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन २, १३: ५२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन २, १३: ५२

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन २, १३: ५२

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...