
हेटौँडा । उत्तरी मकवानपुरमा रहेको नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रण गर्ने अभियान थालेको छ ।
प्राधिकरणले विद्युत चुहावट नियन्त्रण अभियान सुरु गरेसँगै हुकिङ् र मिटर बाइपास गरी विद्युत् चुहावट गर्ने ग्राहक तथा उपभोक्ताको पहिचान गरी जरिवाना र कारवाही थालेको हो ।
वितरण केन्द्रले माघ महिनामा सञ्चालन गरेको अभियानका क्रममा ८ जना ग्राहकले विद्युत् चुहावट गरेको फेला परेको छ।
उक्त ग्राहकहरुबाट चुहावटका कारण क्षतिपूर्ति वापत एक लाख ४३ हजार जरिवाना असुल गरिएको पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिए ।
विद्युत् चुहावट नियन्त्रण अभियानका क्रममा बढी विद्युत् खपत गर्ने ग्राहक तथा उपभोक्ताको छड्के र रिसिलिङ् गरिएको उनले बताए।
पालुङ वितरण केन्द्रले चालु आर्थिक वर्षको माघसम्म विद्युत् महसुल नबुझाउने चार सय ५४ ग्राहकको लाइन काटेको प्रमुख न्यौपानेले जानकारी दिए।
लाइन काटिएका ग्राहकको ८० लाख ४४ हजार बक्यौता रहेको र जसमध्ये ३७१ ग्राहकले बक्यौता बुझाई विद्युत् जडान गरिसकेको छ।
लाइन काटिएका ग्राहकबाट ७८ लाख ७७ हजार असुल भएको प्रमुख न्यौपानेले बताए।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...