
काठमाडौं । ‘भ्यालेन्टाइन डे’ मनाउन भनेर बालिकालाई कोठामा बोलाएर बलात्कार गर्ने किशोर पक्राउ परेका छन् ।
सिराहाको लहान नगरपालिका २ स्थित अरुण यादवको कोठा भाडामा लिएर बस्दै आएका १८ वर्षीय निकेश यादव पक्राउ परेका हुन् ।
उनले १५ वर्षीय बालिगलाई बुधबार दिउँसो कोठामा बोलाएर बलात्कार गरेको उजुरी परेको छ ।
बुधवार दिउँसो करिब २ बजे अरुणले कोठामै बालिकालाई बलात्कार गरेका र राति १२ बजेमा घटनाबारे जानकारी पाएपछि पक्राउ गरिएको सिराहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेले बताए ।
बलात्कृत बालिका अत्यधिक रक्तस्राव भएर बेहोस भएकी थिइन् । उनको अवस्था गम्भीर छ ।
उनलाई आफन्तले बुधवार साँझ उपचारका लागि प्रादेशिक अस्पताल लहान लगेको थियो । त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल हस्पिटल लगिएको छ ।
अरुणले ‘भ्यालेन्टाइन डे’ मनाउन आफ्नो कोठामा बोलाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...