माओवादी विधान अधिवेशनमा सात समूहको सुझाव संकलन जारी, प्रचण्डले जवाफ दिएर टुंग्याउने – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

माओवादी विधान अधिवेशनमा सात समूहको सुझाव संकलन जारी, प्रचण्डले जवाफ दिएर टुंग्याउने

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को प्रथम विधान महाधिवेशनको तेस्रो दिन आज पनि समूहगत सुझाव सङ्कलन कार्य जारी छ ।

यसअघि मङ्गलबार र बुधबार पनि समूहगत सुझावहरू सङ्कलन गरिएका थिए ।

उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको विधान मस्यौदा समितिले तयार पारेर पहिलो दिन प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा पेश भएको विधान मस्यौदामाथि छलफल गरेर सुझाव पेश गर्नका लागि २० समूह बनाइएका थिए ।

तीमध्ये मङ्गलबार र बुधबार गरी १४ समूहहरूले आफ्ना सुझावहरू राखेका थिए ।

बाँकी ७ समूहको सुझाव सङ्कलन गर्ने कार्य जारी छ ।

सात समूहको सुझाव सङ्कलन भइसकेपछि त्यसमाथि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले जवाफ दिनेछन् ।

यससँगै महत्त्वपूर्ण निर्णयहरू गर्दै बैठक सकिने नेताहरूले बताएका छन् ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन ३, १३: ०२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन ३, १३: ०२

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन ३, १३: ०२

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...