कोरोनाका ३० संक्रमित थपिए, सलार्हीमा मात्रै १५ जनामा पुष्टी – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

कोरोनाका ३० संक्रमित थपिए, सलार्हीमा मात्रै १५ जनामा पुष्टी

काठमाडौं । कोभिड १९ पोजेटिभ हुनेको सख्या शुक्रबार चार सय ८७ पुगेको छ ।
शुक्रबार विहान स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाए अनुसार आज ३० जना नयाँ संक्रमित फेला परेका हुन् । तिमध्ये सबैभन्दा धेरै २ नम्वर प्रदेशको सर्लाहीमा १५ जना संक्रमित भेटिएका छन् ।
सर्लाही जिल्लाको गोडैता नगरपालिका वडा नं ८,९, ११, १३ र १४ तथा रामनगर बहुअर्वा गाउँपालिका वडा नं ७ निवासी २२ देखि ३९ वर्षसम्मका १४ जना पुरुष र १५ वर्षे १ जना किशोरीमा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो ।
क्पिलबस्तु जिल्लाको वाणगंगा नगरपालिका र मायाँदेवी गाउँपालिका मा २४ देखि ५३ वर्ष उमेरका ८ जना पुरुष र ८ वर्षे वालिका, नवलपरासीको सुस्ता गाउँपालिका र रामग्राम नगरपालिकाका २ जना पुरुष र १ महिलामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको ।
भरतपुर महानगरपालिका वडा नं ६ केशरवाघका ७४ वर्षे पुरुष र ७३ वर्षे महिला तथा नवलपरासी पूर्व नियन त्रिवेणी गाउाँपकालिका ६ का ४५ वर्षे पुरुषमा पनि कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।
यसअघि विहीबार साँझ वाँकेको नरैनापुर र खजुराका १ पुरुष र १ महिला तथा कपिलवस्तुकै शुद्दोधन गाउँपालिकाका १ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • २०७७ जेष्ठ ९, १२: ४०

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७७ जेष्ठ ९, १२: ४०

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
  • २०७७ जेष्ठ ९, १२: ४०

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...