
काठमाडौं । भारतका किसानहरुले आज देशभर बन्द आह्वान गरेका छन् ।
किसान प्रतिनिधि र सरकारबीच बिहीबार राति अबेरसम्म भएको वार्ता निष्कर्ष विहीन भएको थियो ।
भारतीय मिडियाहरुका अनुसार बिहीबार बेलुकी आठ बजेदेखि सुरु भएको वार्ता राति साढे १ बजेसम्म चलेको थियो ।
वार्ता विफल भएपछि संयुक्त किसान मोर्चासहितका किसान संगठनहरुले संयुक्त रुपमा ग्रामिण भारत बन्द आह्वान गरेका हुन् ।
उनीहरुले शुक्रबार बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द आह्वान गरेका हुन् ।
ग्रामिण भारत बन्द भएकाले आज खेतीपातीसँग सम्बन्धित गतिविधि बन्द छ ।
साथै बजार, पसल र अन्य कामहरु पनि बन्द छन् । यो बन्दलाई कांग्रेस, कम्युनिष्ट लगायतका पार्टी र किसान संगठनहरुले पनि समर्थन गरेका छन् ।
बन्दका कारण राजधानी दिल्लीसहितका राज्यहरुमा कडा सुरक्षा प्रबन्ध मिलाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
किसानहरुको कृषि ऋण मिनाह हुनुपर्ने, उत्पादनको उचित मूल्य पाउनुपर्ने, विगतका आन्दोलनमा मुद्दा चलाइएका किसानहरुको मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग राखेर भारतका किसानहरु आन्दोलनमा छन् ।
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी...
पर्सा : पर्साको वीरगन्ज महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै बिहीबार साँझदेखि...
ललितपुर : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारको निरन्तरता र समसामयिक विषयहरूमा विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ ।...