
हेटौँडा । गत माघ १६ गते झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि यात्रामा निस्केका मिटरब्याज पीडितमाथि मकवानपुरमाको मनहरी गाउँपालिकामा आक्रमण भएको छ ।
आक्रमणमा १६ जना मिटरब्याज पीडित घाइते भएका छन् ।
घाइतेहरूको चितवन स्थित मेडिकल कलेजको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
रड, बियरको बोतल तथा भाँडाहरू प्रयोग गरी केहि व्यक्तिहरूले आक्रमण गरेपछि १६ जना घाइते भएका हुन् ।
घाइतेहरू कसैको खुट्टा, कसैको हात र कसैको टाउकोमा गहिरो चोट लागेको छ ।
घाइते हुनेमा ७० वर्षको वृद्धदेखि महिलासम्म रहेका छन् ।
आफूहरू चुपचाप लाइनबद्ध ढङ्गबाट सडकको एक कुनाबाट हिँडेको अवस्थामा एउटा स्कुटरले ठक्कर दिएको र केहि विवाद भएपछि केहि युवाको समूह छेकेर आक्रमण गरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान संघर्ष समितिका संयोजक अवधेश कुशवाहले बताए ।
आफूहरू यसै पीडित यसैमाथि शान्तिपूर्ण आन्दोलनलाई पनि अराजक समूहको नजर लागेको उनको भनाई छ ।
आफूहरूको र्यालीलाई सुरक्षाको लागि सुरक्षा संयन्त्रमा अनुरोध गर्दा समेत वास्ता नगरेको उनको भनाई रहेको छ ।
घटना हुँदै गर्दा आफूले मकवानपुरको प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराएको तर प्रजिअले कुनै रेस्पोन्स नगरेको उनको भनाई रहेको छ ।
आफूहरू यसै पीडित तरेको यसैमाथि शान्तिपूर्ण आन्दोलनलाई पनि अराजक समूहको नजर लागेको उनको भनाई छ ।
आफूहरूको र्यालीलाई सुरक्षाको लागि सुरक्षा संयन्त्रमा अनुरोध गर्दा समेत वास्ता नगरेको उनको भनाई रहेको छ ।
घटना हुँदै गर्दा आफूले मकवानपुरको प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराएको तर प्रजिअले कुनै रेस्पोन्स नगरेको उनको भनाई रहेको छ ।
अस्पतालले केहि छुट गरे पनि सबै पैसा नतिरेसम्म पीडितहरू बन्धक रहनुपर्ने अवस्था आएको भन्दै नवीनले सरकारले यो विषयमा गम्भीर चासो लिएर पीडितहरूको निःशुल्क उपचार गर्नुपर्ने बताए ।
घटनाबारे मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले आफूहरू यो विषयमा अनुसन्धानको क्रममा रहेको बताए ।
दुई समूहबिच भनाभन भएको कारण घटना भएको भन्ने स्थानीयबाट बुझिन्छ, खास विषयबारे हामी चनाखो भएर अनुसन्धान गरिरहेका छौं, उनले भने ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...